News Portal

  • केन्याको क्लवबाट अवैध रुपमा काम गरिरहेका १२ नेपाली महिला पक्राउ

    संचारकेन्द्र संवाददाता
    ९६ पटक

    एजेन्सी । केन्यामा अवैध रुपमा काम गरिरहेका १२ जना नेपाली महिलालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यहाँको एक क्लबमा काम गर्दै आएका उनीहरुलाई क्लवका मालिक आशिफ जेथालाई पनि प्रहरीले पक्राउ गरेको छ।

    उनीहरु मानव बेचविखनमा परेर त्यहाँ पुगेको हुनसक्ने आसंकामा प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु कार्यरत रहेको क्लवले उनीहरुलाई केही समयका लागि काममा लगाएको थियो।

    उनीहरुको साथबाट मोवाइल फोन र कागजात प्रहरीले नियन्त्रणमा लिएको छ। निलीली पुलिस स्टेशनमा रहेका उनीहरुमाथि थप अनुसन्धान जारी छ।

    यस्तै उता मलेसियामा चार जना नेपाली पक्राउ परेका छन्। तीन दिन पहिले दिउँसोको समयमा कुलाई नजिक काठका लाठिसहित देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस लगतै उनीहरुलाई प्रहरीले पक्रेको हो।

    पक्राउ परेका चारै जना पुरुष रहेको र उनीहरु २३ देखि २६ वर्षका रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

    यसअघि मंगलबार अरु दुई जना नेपाली पक्राउ परेका थिए। पक्राउ परेका ६ जना नै आपराधिक गतिविधिमा संलग्न हुन सक्ने प्रहरीको शंका छ।

    यस्तै रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका एक नेपालीको ज्यान गएको छ। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका काठमाडौँका ध्रुव भण्डारीको हृदयघातका कारण बिहीबार ज्यान गएको हो।

    ४७ वर्षीय भण्डारी कोरियाको छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरियामा कार्यरत रहेको प्रवासी मजदुर संगठन कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिए।

    उनलाई हृदयघात भएपछि उपचारको लागि छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना लगिएको थियो।आफुलाई अत्याधिक दुखेको बताएपछि साथीहरुले थान्जिनको एक अस्पतालमा भर्ना गरेका थिए।

    तर अवस्था गम्भीर भएको भन्दै त्यो अस्पतालले थान्कुक युनिभर्सिटी अस्पतालमा रेफर गरिएको थियो। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका भण्डारी ३ वर्षदेखि बिनाभिसा काम गर्दै आएका थिए।

    उनका श्रीमती र चार जना छोराछोरी छन्। घटना बारे नेपाली राजदुताबास र परिवारलाई जानकारी गराइसकिएको पनि सचिव ओझाले जानकारी दिए।

    २०७६ बैशाख १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...