News Portal

  • स्वयम्भूका डीएसपीलाई साढे ३ लाख घुस दिन खोज्ने ३ जना पक्राउ

    संचारकेन्द्र संवाददाता
    १६० पटक

    काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार श्याम बा ५ ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए । यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।

    झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ ।बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।

    यस्तै यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका एकजना फ्रान्सेली नागरिक पक्राउ परेका छन् । पासपोर्ट नम्बर 14CK05182 वाहक फ्रान्सेली नागरिक ५४ वर्षीय ROGER EL KHOURY लाई १ राउण्ड लाईभ बुलेट ९ सर्ट गनमा प्रयोग हुने० सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    विमानस्थलको प्रस्थान कक्षको होल ब्यागेजको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त बुलेट फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यस्तै उता महोत्तरीको सम्सीबाट लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। महोत्तरीको सम्सी प्रहरी चौकीबाट खटिएको टोलीले महोत्तरीको बर्दिवास नगरपालिका–९ का देव कृष्ण महतो, धनुषाको बटेश्वर गाउँपालिका १ का राम देव महतो, २ का विजय कुमार महतोलाई चेकजाँचको क्रममा लागू औषधसहित पक्राउ गरेको हो।

    सम्सी प्रहरी चौकीका इन्चार्ज आदित्य नारायण सिंहले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूका साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट ६ सय थान बरामद गरेको छ।

    साथै उनीहरुले प्रयोग गरेको ज९प ६३७१ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।

    २०७६ बैशाख १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...