News Portal

  • नियुक्तिपत्र लिन गएका शिक्षक बुढामगरलाई प्रहरीले समात्यो, परिवारद्वारा रिहाईको माग

    संचारकेन्द्र संवाददाता
    ४१ पटक

    पाल्पा । शिक्षक सेवा आयोगबाट पास भएर नियुक्तिपत्र लिन जाने क्रममा एक जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पाल्लाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक विजय बुढामगरलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको परिवारले जनाएका छन् ।

    शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो ।

    विप्लव नेतृत्वको नेकपा निकटको शिक्षक संगठन पाल्पाका अध्यक्ष भएको आरोपमा प्रहरीले बुढामगरलाई प्रहरीले गिरफ्तार गरेको हो । पाल्पा प्रहरीले सदरमुकाम तानसेनबाट बुढामगरलाई गिरफ्तार गरेको थियो ।

    शिक्षक बुढामगरलाई नेकपालाई सहयोग गरेको आरोपमा झुटा मुद्दा लगाएको परिवारले बताएका छन् । रिहाईको पहल गरिदिन परिवारले अपील गरेका छन् । हाल बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    यस्तै उता नवलपरासीमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता रमेश बस्याललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पश्चिम नवलपरासीको बर्दघाटबाट गिरफ्तार गरेको हो ।

    उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

    पछिल्लो समय राजनीतिकमा कमै सक्रिय उनी नेकपाका जिल्ला सदस्य समेत थिए । उनलाई प्रहरीले यसअघि पनि निर्वाचन बहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो ।

    सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि उक्त पार्टीका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटस्थित आफ्नै घरमा बस्दै आएका थिए ।

    हिजो मात्र प्रहरीले नेकपाका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको थियो । उनीहरुलाई सुक्रबार बिर्तामोड स्थित एक होटलमा बसिरहेको बेला गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ ।

    गिरफ्तार पर्नेहरुमा पार्टीका मेची ब्युरो सदस्य जितमान राई र अर्का जिल्ला सदस्य असल पन्धाक रहेका छन् । नेकपा मेची ब्युरो कार्यालयका सदस्य प्रमोदले प्रेस विज्ञप्ति प्रकाशित गरी गिरफ्तार परेका आफ्ना कार्यकर्तालाई बिनासर्त रिहाइको माग गरेका छन् ।

    २०७६ बैशाख १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...