• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाका विद्यार्थी नेता बस्याल गिरफ्तार

    3.4K
    SHARES

    नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता रमेश बस्याललाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पश्चिम नवलपरासीको बर्दघाटबाट गिरफ्तार गरेको हो ।

    उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

    पछिल्लो समय राजनीतिकमा कमै सक्रिय उनी नेकपाका जिल्ला सदस्य समेत थिए । उनलाई प्रहरीले यसअघि पनि निर्वाचन बहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो ।

    सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि उक्त पार्टीका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटस्थित आफ्नै घरमा बस्दै आएका थिए ।

    हिजो मात्र प्रहरीले नेकपाका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको थियो । उनीहरुलाई सुक्रबार बिर्तामोड स्थित एक होटलमा बसिरहेको बेला गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ ।

    गिरफ्तार पर्नेहरुमा पार्टीका मेची ब्युरो सदस्य जितमान राई र अर्का जिल्ला सदस्य असल पन्धाक रहेका छन् । नेकपा मेची ब्युरो कार्यालयका सदस्य प्रमोदले प्रेस विज्ञप्ति प्रकाशित गरी गिरफ्तार परेका आफ्ना कार्यकर्तालाई बिनासर्त रिहाइको माग गरेका छन् । रिहा नगरिए संघर्ष गर्ने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

    यस्तै प्रहरीले उता सुर्खेतमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य भीम कठायतको घरमा छापा मारेको छ । विशेष सुराकीको आधारमा हतियारसहित त्यहा पुगेको प्रहरी टोलीले घरमा छिरेर खानतलासी गरेको बताइएको छ ।

    छापा मार्ने क्रममा कोठाका सामानहरु जथाभावी फ्याकिएको छ भने घरमा केटाकेटी र अविभावकलाई धम्की दिइएको छ । यता हतियारसहित प्रहरी गाउँमा छिरेर आफुहरुलाइ आतंकित पारेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

    पछिल्लोपटक सरकारले नेकपाका नेता कार्यकर्तालाई जहा भेट्यो त्यहि समात्ने निर्देशन दिएको कारण प्रहरीलाई हैरानी परेको छ । एक प्रहरी अधिकृतले सरकारको यस्तो रवैयाका कारण आफुहरुलाई स्थानीय जनतासंग सम्बन्ध सुधारमा निकै चुनौती थपिएको बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ