News Portal

  • नयाँ बर्षकै दिन लुक्लामा जहाज र हेलिकप्टर दुर्घटना, यस्तो छ क्षतिको विवरण

    संचारकेन्द्र संवाददाता
    ४१७ पटक

    काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको विमान दुर्घटनामा परेको हो ।

    उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

    दुर्घटनामा परी समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् । समीटका एयरकै अर्का को पाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

    विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।

    लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ । यसअघि शनिबार बर्ष २०७५ को अन्तिम दिन सुनसरीको धरानमा दुखद घटना घटेको थियो । धरानस्थित विश्वकर्मा मन्दिर नजिकै भएको सवारी दर्घट्ना हुँदा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको थियो ।

    धरानबाट इटहरी आउँदै गरेको बा२०च ४०७६ कारले सोही दिशातिर आउँदै गरेको मे१च ६६९२ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा कारमा सवार ३ जनाको घट्ना स्थलमै मृत्यु भएको हो ।

    कारमा चार जना सवार थिए । जसमध्ये इटहरी–४ का मदन लिम्बु, इटहरी–५ का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका–४ धनकुटाका जनक बुढाथोकीको मृत्यु भएको हो ।

    कार चालक सुन्दर हरैचाका गोविन्द बस्नेत गम्भिर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने सामान्य घाईते भएका छन् । कार तिब्र गतिमा भएको कारण दुर्घट्ना भएको हुन सक्ने अनुमान गरीएको छ ।

    २०७६ बैशाख १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...