News Portal

  • वैद्यले भने- सरकारले राजनीतिक दललाई दलकै व्यवहार गर्नुपर्छ

    संचारकेन्द्र संवाददाता
    ८६ पटक

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरूलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन्।

    शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरूप्रति राजनीतिक दलकै व्यवहार गर्न सुझाएका हुन्।

    उनले सरकारले नेत्र विक्रम चन्दलाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे। उनले कम्युनिस्टको सरकारले कम्युनिष्टहरूलाई नै दमन गर्ने गरेको भन्दै असन्तुष्टि जनाए।

    यस्तै बैद्य माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २४, २५ र २६ गते काठमाडौंको भृकुटी मण्डपमा व्यापक जनताको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको बताइएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नव निर्वाचित अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा बताइएको हो ।

    विज्ञप्तिको सुरुमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २४, २५ र २६ गते काठमाडौंको भृकुटी मण्डपमा व्यापक जनताको उपस्थितिका बीचमा भव्य एवं सभ्यरुपमा उद्घाटन भएर सफलतापूर्वक सम्पन्न भएको छ । उक्त राष्ट्रिय सम्मेलनले पारित गरेका महत्वपूर्ण नीति, कार्यक्रम र निर्णयहरुको सार्वजनिक जानाकारीका लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।”

    कार्यक्रम सञ्चालनको विवरणसहित विज्ञप्तिमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सी.पी. गजुरेलको अध्यक्षता र सचिव परि थापाको सञ्चालनमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’ ले मसाल प्रज्वलन गरेर गर्नु भएको थियो ।

    विभिन्न मित्र पार्टी र संगठनहरुका तर्फ बाट आमन्त्रित प्रतिनिधिहरुले सम्मेलन सफलताको लागि शुभकामना दिनुभएको थियो भने सामना सांस्कृतिक परिवारका तर्फबाट प्रगतिशील गीत एवं नृत्यहरु प्रस्तुत भएको थियो ।”

    विज्ञप्तिमा यस कार्यक्रमको बन्दसत्रबारे भनिएको छ– “राष्ट्रिय सम्मेलनको दोस्रो र तेस्रो दिनमा काठमाडौंको पुरानो वानेश्वर स्थित न्यू ओम साई पार्टी प्यालेसमा वन्दसत्र सञ्चालन भएको थियो । वन्दसत्रमा अध्यक्ष क. सी.पी. गजुरेलद्वारा राजनीतिक प्रस्ताव र सचिव परि थापाद्वारा विधान प्रस्तुत भएको थियो ।

    राष्ट्रिय सम्मेलनमा उपस्थित सम्पूर्ण (३३०) प्रतिनिधिहरुलाई नौवटा समुहमा विभाजन गरेर दस्तावेजहरु माथि व्यापक छलफल गराएर सुझावहरु लिईएको थियो । दस्तावेज माथि प्राप्त सुझावहरुको दस्तावेज प्रस्तोताहरुले स्पष्टीकरण दिएपछि सर्वसम्मतिद्वारा पारित भएको थियो ।

    सम्मेलनले बाह्र बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रिय सम्मेलनले पन्चानब्बे (९५) सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मतिबाट चयन गरेको छ । समितिको प्रथम बैठकले क. सीपी गजुरेललाई अध्यक्ष र क. परि थापालाई महासचिवमा निर्वाचित गरेको छ । समितिका अन्य पदाधिकारीहरुपछि चयन गरिने छ र बाँकी केन्द्रीय सदस्यहरु पनि थप गरिने छ ।”

    विज्ञप्तिको अन्त्यमा भनिएको छ– “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई भव्य एवं सभ्यरुपमा सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक समर्थन गर्नुहुने सम्पूर्ण जनसमुदाय र त्यस दौरानमा सम्पूर्ण ढंगले लागि पर्ने संगठनका नेता एवं कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।”

    २०७५ चैत ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...