News Portal

  • विरोध प्रदर्शन बढेपछि सैन्य प्रमुखद्वारा राजीनामा

    संचारकेन्द्र संवाददाता
    १२३ पटक

    सुडान । अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन् । सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् ।

    सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सुडानको सत्ता आफ्नो हातमा लिएको थियो । तर, नागरिकस्तरबाट चर्को विरोध भएपछि सैन्य काउन्सिलका प्रमुख रक्षा मन्त्री अवादले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै पछि हटेको घोषणा गरेका हुन् ।

    पछिल्लो केही महिनादेखि राष्ट्रपति ओमरविरुद्ध प्रदर्शन गर्दै आएकाहरुले सैन्य ‘कू’ को विरोधमा सडकमै ओर्लिएर कर्फ्युको समेत बेवास्ता गर्दै प्रदर्शन चर्काएपछि उनी पछि हट्न बाध्य भएका हुन् । उनी सैन्य ‘कू’ पछि सैन्य काउन्सिलको प्रमुख बनेका थिए ।

    उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्दुर्ररहमान बुरहानको नाम घोषणा गरेका छन् । प्रदर्शनकारीले सैन्य ‘कू’ का नेता अवाद राष्ट्रपति ओमरसँग नजिक रहेको भन्दै सडक छोड्न अस्वीकार गरेका थिए । सेनाले दुई वर्षसम्म देशको शासन सत्ता आफ्नो हातमा रहने र त्यो अवधिमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

    यता पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरीको भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।

    मृतकमध्ये १५ सर्वसाधारण र एक प्रहरी छन् । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट भइसकेको छैन । बिस्फोटमा दर्जनौं घाइते भएका छन् । बिस्फोट लगत्तै बजारमा भागदौड मच्चिएको थियो ।

    घटनास्थलमा सुरक्षाकर्मीले घेरा हाली अनुसन्धान थालेको छ । शिया समुदायको बाहुल्यता रहेको सो इलामा मारिनेमा सबै शिया समुदायका ब्यक्ति रहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

    २०७५ चैत ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...