News Portal

  • सैन्य काउन्सिल प्रमुखद्वारा एकाएक राजीनामाको घोषणा

    संचारकेन्द्र संवाददाता
    ३६७ पटक

    काठमाडौं । अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन् । सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् ।

    सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सुडानको सत्ता आफ्नो हातमा लिएको थियो । तर, नागरिकस्तरबाट चर्को विरोध भएपछि तनाव बढ्दै गएको भन्दै सैन्य काउन्सिलका प्रमुख रक्षा मन्त्री अवादले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै पछि हटेको घोषणा गरेका हुन् ।

    पछिल्लो केही महिनादेखि राष्ट्रपति ओमरविरुद्ध प्रदर्शन गर्दै आएकाहरुले सैन्य ‘कू’ को विरोधमा सडकमै ओर्लिएर कर्फ्युको समेत बेवास्ता गर्दै प्रदर्शन चर्काएपछि उनी पछि हट्न बाध्य भएका हुन् । उनी सैन्य ‘कू’ पछि सैन्य काउन्सिलको प्रमुख बनेका थिए । उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्दुर्ररहमान बुरहानको नाम घोषणा गरेका छन् ।

    प्रदर्शनकारीले सैन्य ‘कू’ का नेता अवाद राष्ट्रपति ओमरसँग नजिक रहेको भन्दै सडक छोड्न अस्वीकार गरेका थिए । सेनाले दुई वर्षसम्म देशको शासन सत्ता आफ्नो हातमा रहने र त्यो अवधिमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

    सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ । चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई बिहीबार राति पदमुक्त गरिएको घोषणा गरेको हो । तर प्रदर्शनकारीले सेना परिषद् एउटै शासक भएको भन्दै विरोध गरेका हुन् ।

    संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ । यता भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले उत्तर प्रदेशकाे उन्नावमा जनसभालाई सम्बोधन गर्दै फरक शैलीमा भोट मागेका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, यदि मलाई भोट दिनुहुन्न भने तपाइँहरुलाई म मेरो श्राप दिन्छु,’ सधैँ चर्चा र विवादमा रहने उनले भने ।

    जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘म सन्यासी हुँ र जब एक सन्यासी कसैको घरमा आउँछ भने ऊ भिक्षा माग्छ, याचना माग्छ । यदि उसको कुरा नमान्दा तपाईँहरुलाई थाहा नै छ, सन्यासी गृहस्थीको पुण्य लिएर जान्छ र आफ्नो पाप दिएर जान्छ, यो शास्त्रमा लेखिएको छ । म सम्पत्ति माग्न आएको होइन, जमिन र हिस्सा माग्न पनि आएको होइन, केही अर्कै वस्तु माग्न आएको हुँ ।’

    उन्नावमा चोथौ चरण अर्थात् २८ अप्रिलमा मतदान हुँदैछ ।यसभन्दा अघि सुल्तानपुरमा मुस्लिम समुदायलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री मेनका गान्धीले पनि आफूले मुस्लिम भोटबिना नै जितेमा उनीहरुको समस्या समाधान नगर्ने बताएकी थिइन् । घुमाउराे पारामा उनले मुस्लिम समुदायले आफूलाई भाेट नदिए त्यस समुदायलाई नहेर्ने बताएकी छिन् ।

    पश्चिम बंगालकी मुख्यमन्त्री तथा टीएमसी (तृणमूल कंग्रेस) प्रमुख ममता बनर्जीले गएको शुक्रबार सेनाका अवकाशप्राप्त अधिकारीप्रति समर्थन प्रकट गरेकी छिन् । सेनाका अवकाशप्राप्त अधिकारीले चुनावमा सेनालाई प्रयाेग गरिएकाे भन्दै राष्ट्रपतिलाई पत्र लेखेका थिए ।

    पश्चिम बंगालको खरसाङमा एक र्‍यालीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मलाई सेनाको वीरतामा गर्व छ तर सेनाको उपलब्धिलाई प्रयोग गरेर भोट माग्दिनँ, जुन प्रधानमन्त्री मोदीले गरेका छन् ।’ बीजेपीलाई लोकसभा चुनावमा सय सिट जित्न पनिमुश्किल हुने भन्दै उनले क्षेत्रीय दलसँग मिलेर केन्द्रीय सरकार बनाउने पनि बताइन् ।

    कांग्रेसले शुक्रबार उम्मेदवारको नयाँ सूची जारी गर्दै ७ उम्मेदवारको नाम घोषणा गरेको छ । सूचीमा बिहार, जम्मू–काश्मीर, मध्य प्रदेश र पञ्जाबका लागि उम्मेदवारको नाम घोषणा गरिएको छ ।

    सूचीका अनुसार, मध्य प्रदेशको गुना सिटमा ज्योतिरादित्य सिन्धिया र पञ्जाबको आनन्दपुर साहिब सिटमा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीलाई चुनावी मैदानमा उतारिएको छ । ज्याेतिरादित्य सिन्धिया मध्य प्रदेशका विधायकसमेत हुन् । युवा पुस्ताबीच निकै लाेकप्रिय रहेका उनलाई मध्य प्रदेशकाे मुख्यमन्त्रीका रुपमा हेरिएकाे थियाे । तर पछि कमलनाथलाई मध्य प्रदेशकाे मुख्यमन्त्री बनाइयाे ।

    यसको अलावा बिहारको बाल्मीकीनगरमा शाश्वत केदार, जम्मू–कश्मीरको लद्दाखबाट रिगजिन स्पालबार, मध्य प्रदेशको विदिशा सिटमा शैलेन्द्र पटेल, राजगढमा मोना सुसतानी र पञ्जाबको संगरुरबाट केवल सिंह ढिल्लोलाई कांग्रेसले टिकट दिएको छ ।

    बीजेपी अध्यक्ष अमित शाहले शुक्रबार दन्तेवाडामा भएको आतंकवादी हमलामा बीजेपी विधायक भीमा मंडावीको निधन कुनै सामान्य कुरा नभएको बताएका छन् । उनले भने, ‘यो घटनामा राजनीतिक षड्यन्त्र छ ।’

    अमित शाहले राजनान्दगांव जिल्लाको डोंगरगांवमा जनसभालाई सम्बोधन गर्दै भने, ‘मन्डावीकी पत्नीले यो घटनामा सीबीआई जाँचको माग गरेकी छिन्, यदि मुख्यमन्त्री भूपेश बघेल केही लुकाउन चाहँदैनन् भने उनले सीबीआईको जाँच गर्नुपर्छ ।’

    २०७५ चैत ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...