News Portal

  • सिंगापुरमाथि नेपालको सानदार जीत, कति रनले हार्‍यो सिंगापुर

    संचारकेन्द्र संवाददाता
    ६५ पटक

    काठमाडौं । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दैै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८२ रनको योगफल खडा गरेको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण ६५ रनमा सीमित रह्यो ।

    सिंगापुरलाई सस्तोमै समेट्न पवन शर्राफले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका उनले मात्र पाँच रन दिएका थिए । त्यस्तै कुशल मल्ल र सुर्य तामाङले दुई–दुई विकेट लिए । रशिद खानले एक विकेट हात पारे ।

    कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे । कुशल मल्लले तीन, सुर्य तामाङले दुई र रशिद खान तथा सागर ढकालले एक–एक ओभर मेडन राखे ।

    सिंगापुरका लागि इशान सवनेले २८ र साइ भेनुगोपालले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाएका थिए ।

    यसैबीच नयाँ वर्षको अवसर पारेर अत्तरियामा आयोजना भएको एभरेष्ट एकेडेमी गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका मोहनदेव जैशीले हात पारेका छन् । उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् ।

    जैशीलाई नगद २० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । दोस्रो स्थानमा नेपाली सेनाकै सुशिलकुमार शाही रहे । उनले उक्त दुरी २९ मिनेट २० सेकेन्डमा पुरा गर्दै नगद १० हजार १ हात पारे । तेस्रो स्थानमा भने अत्तरियाका सुनिल सुनार रहे । उनले ५ हजार १ रुपैयाँमा चित्त बुझाए ।

    अत्तरिया जेसिस र लाइन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक म्याराथनको आयोजना गरिएको हो । गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउदले म्याराथन उद्घाटन गरेका थिए ।

    अत्तरियाबाट शुरु भएको म्याराथन गोदावरी कुम्भ बाटिकामा पुगेर समापन भएको थियो । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको प्रचार प्रसार गर्न र युवाहरुलाई स्वस्थ रहन प्रेरित गर्न म्याराथन आयोजना गरिएको अत्तरिया जेसिसका खेल संयोजक रबेन्द्र खनालले जानकारी दिए ।

    २०७५ चैत २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...