News Portal

  • यस वर्ष मात्रै १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु, ३ खर्ब ७७ अर्ब कूल बेरुजु, आर्थिक अनुशासन ध्वस्त

    संचारकेन्द्र संवाददाता
    ६६ पटक

    काठमाडौं । मुलुकको आर्थिक अनुशासन ध्वस्त देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ । नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

    एकात्मक केन्द्रीय प्रणालीबाट संघीय संरचनामा प्रवेश गरेको नेपालको बेरुजै शैली पुरानै देखिएको मात्र होइन स्थानीय र प्रदेश तहको बेरुजु झन् बढेको छ । यो आकारको बेरुजु हिसाब गर्दा पनि कार्यालयले सबै सरकारी निकायको लेखा परीक्षण गर्न सकेको छैन ।

    संघीय निकायतर्फ ५ दशमलव २९ प्रतिशत बेरुजु देखिँदा प्रदेशमा ७ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ । स्थानीय तहमा भने ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ ।

    महालेखा परीक्षक कार्यालयका अनुसार यस वर्ष मात्रै १ खर्ब ६ अर्ब ३४ करोडभन्दा बढीको आर्थिक बेरुजु देखिएको छ । जबकी कार्यालयले ५१ खर्ब ६० अर्ब ९२ करोडको मात्रै लेखा परीक्षण गरेको हो ।

    संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

    जसमा ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको हो ।

    ७ प्रदेशमा २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात् ७ दशमलव २५ प्रतिशत बेरुजु देखिन्छ भने ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।

    त्यस्तै सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । त्यसबाहेक ३० संगठित संस्थाको ४१ आर्थिक वर्षको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम ७ खर्ब ३९ अर्ब ८० करोडको लेखापरीक्षणसमेत गरी यस वर्ष ५९ खर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको कार्यालयले जनाएको हो ।

    गत वर्षको बाँकी बेरुजु २ खर्ब ९० अर्ब ५२ करोडमा समायोजन र फस्र्यौट गरिएकोमा अंक घटाई यो वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौट हुन बाँकी रहेको छ ।

    यस वर्ष लेखापरीक्षण तथा सम्परीक्षणबाट ९ अर्ब ७० करोड रुपैयाँ बराबर असुल भएको छ । यो वर्ष ५४ अर्ब ६५ करोड बेरुजु फस्र्यौट तथा सम्परीक्षण गरिएको पनि कार्यालयले जनाएको छ ।

    बेरुजुको हिसाब समेटिएको ५६ औं वार्षिक प्रतिवेदन महालेखा परीक्षक कार्यालयले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाई सार्वजनिक पनि गरेको छ ।

    २०७५ चैत २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...