News Portal

  • शनि राजा सूर्य मन्त्री कस्तो रहन्छ २०७६

    संचारकेन्द्र संवाददाता
    २२० पटक

    सूर्य आफ्नो आकर्षण शक्तिबाट पृथ्वीसहित बुध र शुक्र यी तीन भित्र लोक र मङ्गल, बृहस्पति, शनि यी तीन बाहिरी लोक वा भूमिलाई धारण गर्दै यसलाई गतिशील बनाइरहन्छ र यही सूर्य विज्ञानबाट संवत्सरका विविध जनहितकारी अर्थ प्रकट हुन्छ। दिन, रात, पक्ष, महिना, ऋतु, अयन आदि संवत्सर भित्र बस्दछन्, यसैले संवत्सर एउटा सार्थक नाम हो। ऋग्वेद-२,२७,८।।

    संवत्सरको व्यापक वैज्ञानिक अध्ययनको माध्यमबाट नै संहिता ज्योतिषको मूल आधार बुझिन्छ। वैदिक साहित्यमा संवत्सरलाई सूर्य र सूर्यलाई सम्पूर्ण जीव जगत् वा सृष्टिको मूल तत्व मानिएको छ, यसैले संवत्सरमा नै संहिता शाखाको आत्मा बसेको छ।

    संहिता ज्योतिष सम्बन्धित बुधको उदय, शुक्रको उदय, ग्रहणको प्रभाव लगायत मेरो अनुसन्धानत्मक धेरै वटा लेख सेतोपाटीमा प्रकाशन भर्इसकेको छ। आज म पाठकहरूलाई नयाँ वर्ष २०७६ कस्तो रहन्छ भन्ने विषयमा प्रारम्भिक चरणको जानकारी गराउन गईरहेको छु। पृथ्वीले सूर्यलाई गर्ने एक सम्पूर्ण परिक्रमाको समय नै वर्ष हो।

    संवत्सर वर्ष भित्र घटित हुने विभिन्न संक्रान्ति र केही खास बिन्दुको आधारमा वर्षभरि शासन चलाउन दश अधिकारीहरुको निश्चय गरिन्छ।राजा – संवत्सरमुखको बेलामा अर्थात् चैत्रकृष्ण औंसी समाप्त भएपछि जब चैत्र शुक्ल प्रतिपदा शुरु हुन्छ त्यो औंसी र प्रतिपदाको सन्धिकाल संवत्सरमुख भनिन्छ। सामान्यतया यस प्रतिपदामा हुनेवाला प्रथम सूर्योदयको समय जुन बार छ त्यस बारको अधिपति ग्रह यो पदवी प्राप्त गर्ने हुन्छ। जस्तै यसपालि आज चैत्र शुक्ल प्रतिपदा शनिवार परेकाले शनिलार्इ राजा मानियो। राजा ग्रहको शील, स्वभाव, राशि स्थिति आदिबाट यसको कार्य प्रणाली प्रभावित हुन्छ।

    वरिष्ठताको क्रममा दोस्रो क्रममा आउने ग्रह प्रधानमन्त्री जस्तो शक्ति राख्ने हुन्छ। यो वर्ष २०७६ व्यवहारमा वर्षै भरी परिधावीको उच्चारण गरिए पनि सौरमानले वैशाख १ गतेबाट प्रमादी नाम संवत्सरको प्रभाव रहने मानिन्छ।

    आजको दिन हुने आकाशीय ग्रह परिषदको चुनावमा राजा शनि, मन्त्री सूर्य, मेघेश (वर्षा कारक) शनि, सस्येश (कृषि उपज) बुध, दुर्गेश (रक्षा मन्त्री) शनि, धनेस (अर्थमन्त्री) मंगल रसेश (रसबाट बन्नेवाला सबै पदार्थ) शुक्र, धान्येश (खाद्य र आपूर्ति मन्त्री) चन्दमा, निरसेश (सबै खनिज, धातु, , पेट्रोल आदि) बुध, फलेश (फल, तरकारी, फूल, उद्यान, उपवन) मा शनि, निर्वाचित भएका छन्।

    यो वर्ष ४ मन्त्रालय शनि एक्लैले कब्जा गरेको छ भने बुधको भागमा दुर्इ तथा सूर्य, चन्द्रमा, मंगल र शुक्रले एक एक वटा पाएका छन्। छ वटा मन्त्रालय पाप ग्रहको प्रभावमा तथा चार मन्त्रालय शुभ ग्रहको भागमा परेको छ। यी दश अधिकारी आकाशीय मन्त्री परिषद्को उच्च अधिकारप्राप्त मन्त्री बुझ्न सकिन्छ र यिनको कार्यकाल एक वर्षसम्म हुन्छ।

    हे भगवान् ! तिमी आफ्नो महिमाबाट द्युलोकमा एघार रुपमा व्याप्त हुनेवाला रुद्र हौ। तिमी नै पृथ्वीमा संवत्सर सहित एघार रुपमा प्रकट हुन्छौ। तिमी अन्तरिक्षमा पनि निवास गर्दछौ। हे एकादश देव ! तिमी वर्ष वा संवत्सर रुप यस प्राकृतिक यज्ञलाई अंगीकार गर्नुहोस्।। यजुर्वेद।।

    विभिन्न मान्य संहिता ग्रन्थहरुको अनुसार अधिकारीहरुको फल प्रस्तुत छ। संवत्सर फल – साठी संवत्सरमध्ये इन्द्राग्नी देवताबाट नियन्त्रित यस दशम युगको परिधावी संवत्सरमा धनधान्यको राम्रो वृद्धि हुँदाहुँदै पनि भय र आशंकाले भरिएको माहौल रहन्छ। प्रमादी संवत्सरमा सबै उब्जाउ राम्रो हुन्छ। रसपदार्थ अर्थात् सख्खर, चिनी आदिको मूल्य बढ्छ। कुनै कारणले गर्दा मारकाटको स्थिति उत्पन्न हुन्छ। शस्त्र वा सेनाको सञ्चालन र मान्छेमा आलस्य र कामचोरी बढ्छ।

    शनि राजा भएको फल- शनिको वर्षमा उपद्रव, युद्ध, दङ्गा, मारकाटका लागि अनुकूल धरातल तयार हुन्छ। अनेक देशहरुमा परस्पर तनाव र युद्ध हुन्छ। जन हानी र दुर्भिक्ष सामान्य कुरा हुन्छ। हुरी बतासले जन धन हानी, कम वर्षा वा वर्षाका साथ तेज हावा हुन्छ। पेयजलसँग सम्बन्धित समस्याहरुको सामना गर्नुपर्ने छ। राजनैतिक मतभेद सामान्यतः रहन्छ नै।
    यो भन्दा अगाडि ०७२, ६२, ५९, ५२, ४९, ३५, ३२, २८, २१ सालमा पनि शनि नै राजा चुनिएका थिए। १४ र ८ सालमा शनि एक्लै नै राजा र मन्त्री भएका थिए।

    वर्ष २०७५ मा ४४ वर्षको अन्तरालमा सूर्य राजा शनि मन्त्री भएका थिए। यसपाली ७६ को जस्तै अहिलेभन्दा अगाडि १७ वर्ष अघि ५९ मा एवं त्यो भन्दा अगाडि १३९ वर्ष अघि १९३७ मा मात्र शनि राजा तथा सूर्य मन्त्री भएको अवस्था थियो। मन्त्री – निरयण मेष (वैशाख) संक्रान्तिको समयको ज्योतिषीय बारेश मन्त्री हुन्छ।

    सूर्य मन्त्री भएको वर्षमा राजपक्ष र तस्करहरुबाट जनतामा भय, अपराधिहरुको गतिविधिमा वृद्धि, धनधान्यको धेरै आयात, रस पदार्थ अर्थात् सख्खर, चिनीको बजारमा तेजी आउँछ। राजा र मन्त्रीको फलको अनुभूति सम्पूर्ण वर्षभरि हुन्छ।

    शनि मेघेश छ भने फुटकर वर्षा हुन्छ। राजकीय नीति जनताको हृदयमा क्षोभ उत्पन्न गर्दछ र रोगको प्रकार अधिक हुन्छ। बुध सस्येश छ भने धेरै वर्षा, सुख र सम्मृद्धिको माहौल, शान्तिपूर्ण सामाजिक स्थिति रहन्छ। बुद्धिजीवीहरुद्वारा शासकदलको प्रशंसा हुन्छ। शनि दुर्गेश छ भने सर्वत्र भय र त्रास बढाउँछ। मान्छेमा आपसी वैरभाव बढ्छ। फसलहरू उब्जाउको स्थिति पनि राम्रो हुँदैन।

    मंगल धनपति छ भने माघमा न्यानो घाम लाग्नाले र वर्षा नहुनाले गहुँ आदि भुसबाट उत्पन्न हुने अन्न कम हुन्छ। सारा देशमा अस्थिरताको अवस्था रहन्छ र शासन पनि जनविरोधी तरिकाको हुन्छ। शुक्र रसेश छ भने राम्रो वर्षाको कारण मान्छेमा सन्तोष, सुख, सुभिक्ष रहन्छ र शासन राम्रो तरिकाले चल्छ। चन्द्रमा धान्येश छ भने श्रेष्ठ वर्षा, पृथ्वीमा जलको राम्रो स्थिति, उब्जाउको राम्रो उत्पत्ति तथा मान्छेमा उत्साह रहन्छ। वर्ष बुध नीरसेश छ भने रंगीन र फेशनको कपडा, शंख, चन्दन, सुन आदि पदार्थ महँगो हुन्छ।

    शनि फलेश छ भने मान्छेमा आपसी कलह, जंगली बोट–बिरुवा र फूलको अधिकता, दुष्टहरुबाट सामान्य जनलाई भय, शहरमा जनसंख्याको भारी दवाब रहन्छ। यो सँगै संवत्सरको केही अन्य मुख्य कुराहरुको पनि विचार गर्नु उपयुक्त हुन्छ। यी कुराबाट वार्षिक फलको मूल दिशा धेरै हदसम्म प्रभावित हुन्छ। जस्तै संवत्सर वाहन, संवत्सरको मर्मस्थान आदि।

    यो वर्षको समय वाहन राजा शनि भएकाले घोडा वा भैंसी मानिन्छ जसको फल – राजनैतिक मतभेद, सत्ता परिवर्तन, कम वर्षा, भूकम्प आदि प्राकृतिक प्रकोपहरुको भय तथा बजारहरुमा महँगी हुन सक्ने मानिन्छ।

    संवत्सरको मर्मस्थान (स्तम्भ र आर्षमान) को कुरा गर्नु पर्दा यो वर्ष चारै स्तम्भ ५० प्रतिशत भन्दा बढी छन् त्यै पनि घाँस र वायू भन्दा जल र अन्न स्तम्भ बलिया देखिन्छन्। चार आर्षमान मध्य यो वर्ष दोस्रो र तेस्रो आर्षमान ६० प्रतिशतको हाराहारीमा छन् भने पहिलो ४० भन्दा कम तथा चौथो जिरो प्रतिशत देखिन्छ।

    स्तम्भ र आर्षमानको विचार गर्दा साउन देखि पुषसम्म प्राकृतिक प्रकोपको सम्भावना तथा सुरूका र अन्तिमका तिन महिनामा उपद्रव, दुर्घटना, आपदाहरु, विस्फोट, अशान्तिको संभावना देखिन्छ। स्तम्भ र आर्षमानको विषयमा विस्तृत जानकारी मेरो पूर्व लेख बहत्तरको वैशाख किन विनाशकारीमा गराएको थिँए।

    अरू पनि धेरै प्रकारका प्रभावहरू जस्तै – सूर्य- चन्द्र ग्रहण, बिभिन्न समयमा हुने ग्रहको उदयास्त, कछुवा चक्र, जगल्लग्न, संवत्सर प्रवेश लग्न र विशेषगरी शनि,बृहस्पति,मंगल लगायत ग्रहहरूको विभिन्न प्रकारको संयोगहरूको पनि विशेष अध्ययन गर्नु पर्ने हुन्छ।

    ७५ फाल्गुन १९ देखि ७६ जेठ ८ गतेसम्म, कार्तिक १२ गतेदेखि माघ ४ गतेसम्म बृहस्पति र पूर्वाषाढा नक्षत्रमा रहेको शनि एउटै राशि धनुमा रहने छन्।

    पूर्वाषाढा नषत्रमा शनिको भ्रमण फल- भारतको उडिसा, मगध (बिहार), कौशल(उत्तरप्रदेशको भाग) मिथिला प्रदेशमा उपद्रव हुन्छ। ताम्रलिप्त्यां (पश्चिम बंगालको कुनै नगर) मा निवास गर्ने हरूलार्इ कष्ट हुन्छ।।बृ.सं,१०,१४।।

    अर्को कुरा शनि ,बृहस्पति र केतु झन्डै १८० वर्षको अन्तरालमा धनुराशिमा संगै बसेका छन्। द्विस्वभाव राशिमा शनि र बृहस्पति साथमा हुँदा अनीतिको साम्राज्य हुन्छ भनेर प्राचीन ऋषिले भनेका छन्।

    गुरु, शनि एउटै राशिमा तथा परस्पर समसप्तक छ भने उपद्रव र जनहानी हुन्छ पनि भनिएको छ। यो विषयमा धेरै प्रकारको सजग रहनु पर्ने अनुसंधानत्मक र रोचक विस्तृत जानकारी छिट्टै अर्को भागमा गराउने छु। वास्तु-ज्यो. शिव पोखरेल ९८५१०५९१४३

    २०७५ चैत २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...