News Portal

  • पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईको रोमाञ्चक जित

    संचारकेन्द्र संवाददाता
    १७२ पटक

    मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबमाथि रोमाञ्चक जित निकालेको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले पन्जाबमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १९८ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।

    मुम्बईको जितमा कप्तान काइरन पोलार्डले ८३ रन बनाए । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए । मुम्बईले जितका लागि अन्तिम बलसम्म प्रतीक्षा गर्नु परेको थियो । बलिङतर्फ पन्जाबका मोहमद शामीले ३ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन जोडेको थियो ।

    उसका लागि सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित १०० रन जोडदा अर्का ओपनर क्रिस गेलले ६३ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए ।गएरातिको जितसंगै मुम्बईले ६ खेलबाट ८ अंक जोड्दै आईपिएल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको पन्जाब समान ८ अंकका साथ चौथो स्थानमा छ ।

    यस्तै कोलकाता नाईट राईडर्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा कोलकातामाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ । चेन्नाईमा गएराति कोलकताले दिएको १ सय ९ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो । उसका लागि आन्दरसेलले ५० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

    २०७५ चैत २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...