News Portal

  • हक्कीमा प्रदेश २ को विजयी सुरुवात, उद्घाटनमा आर्मी र गण्डकी बराबरीमा

    संचारकेन्द्र संवाददाता
    ६८ पटक

    बाँके । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नम्बर ३ का विरुद्ध प्रदेश २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नम्बर ३ लाई दवावमा राखेको २नम्बर प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।

    खेलको ३८ औँ मिनेटमा प्रदेश २ का गोविन्द अधिकारीले दोस्रो गोल गरे भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा प्रदेश २ का क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको प्रदेश २ का खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।

    निरन्तर दवावमा राख्दै २ नम्बर प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा उक्त प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नम्बर प्रदेशले भने एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

    प्रतियोगिताको पहिलो दिन प्रदेश ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले प्रदेश २ का पूराना र अनुभवी खेलाडीसँग ३ नम्बर प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नु नै राम्रो अवसर भएको बताए ।

    उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको जानकारी खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको दावी गरे । ‘खेलाडीको प्रदर्शनमाथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।

    नेपाल आर्मी र गण्डकी प्रदेश वीचको खेल बराबरी
    नेपाल आर्मी र गण्डकी प्रदेशवीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।

    आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।
    बेलुकी ५ र १ नम्बर प्रदेशवीच खेल हुने छ ।

    पहिलो दिनको तेस्रो खेल विहीवार बेलुकी ४ बजेदेखि हुने भएको छ । तेस्रो खेल प्रदेश नम्बर ५ र प्रदेश १ वीच हुने आयोजकले जनाएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा हुने खेल रामोञ्चक हुने मुख्य प्रशिक्षक पिन्टुले बताए ।

    यसैवीच, २८ चैत (विहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश वीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेश वीच खेल हुने भएको छ ।

    ४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ ।

    त्यसैगरि, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए । २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए ।

    २०७५ चैत २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...