• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    सेनाको बेसक्याम्प नजिकै शक्तिशाली बम बिस्फोट, ४ जनाको मृत्यु

    7.5K
    SHARES

    काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ । बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् ।

    त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ । अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

    विस्फोटमा परेर सन् २०१९ भित्रै अफगानिस्तानमा ७ जना अमेरिकी सेनाको मृत्यु भइसकेको छ । यता संयुक्त राष्ट्र संघले लिबियाको राजधानी त्रिपोलीस्थित विमानस्थलमा भएको हवाई आक्रमणको निन्दा गरेको छ ।

    त्रिपोलीमा सञ्चालनमा रहेको एक मात्र विमानस्थलमा हवाई आक्रमण भएपछि सेवा ठप्प भएको छ । यो विमानस्थलबाट हुने सबै उडान रद्द गरिएको छ भने यात्रुलाई विमानस्थलबाट निकालेर खाली गरिएको छ ।

    हवाई आक्रमणमा कसैको ज्यान भने गएको छैन । राष्ट्र संघले आक्रमणमा जनरल खलिफा हफ्तारप्रति बफादार रहेको शक्ति संलग्न रहेको आरोप लगाएको छ ।

    हफ्तारले राजधानी त्रिपोली नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । हफ्तारका प्रवक्ताले भने सर्वसाधारण सवार हुने विमानलाई निशाना नबनाइएको दाबी गरेका छन् ।

    लिवियन नेसन आर्मी (एलएनए) का प्रमुख जनरल हफ्तारले संयुक्त राष्ट्रसंघको समर्थन पाएको लिबिया सरकारबाट त्रिपोली खोस्नका लागि गएको हप्ता सैन्य अभियान सुरु गरेका थिए ।

    उता अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएपछि द्वन्द्व चर्किँदै गएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको छ ।

    विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायतका मुलुकका शान्ति सैनिक त्यहाँबाट पलायन भएका छन् । भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।

    अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ ।

    नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ । लिबियाली शान्ति मिसनमा २३१ नेपाली सैनिक तैनाथ रहेको बताइएको छ ।

    यसैबीच त्रिपोलीमा भएको भिडन्तबाट बच्न दुई हजार ८०० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ । त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोको भनाइ छ ।

    आइतबार पनि त्रिपोली नजिक विद्रोही समूह र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए । (एजेन्सी)

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ