News Portal

  • सबैलाई चकित पार्दै यी महिलाले यसरी मनाइन डिभोर्स उत्सव, सामाजिक सञ्जालमा तस्वीर भाइरल

    संचारकेन्द्र संवाददाता
    १४७ पटक

    काठमाडौं । बिहेपछि मानिसहरुले भोज तथा उत्सव गर्नु त स्वभाविकै हो । तर, अमेरिकामा एकजना महिलाले आफ्नो डिभोर्सपछि उत्सव मनाएकी छिन् । उनको डिभोर्स उत्सव मनाउने तरिका पनि निकै अनौठो छ ।

    आम रुपमा मानिसहरुका लागि डिभोर्स दुखदायी हुन्छ र डिभोर्सपछि उदास र हतास बन्दछन् । तर, अमेरिकको साउथ क्यारोलिनामा बस्ने मेरी लोलिसका लागि डिभोर्स जीवनकै खुसीको क्षण बन्यो । उनले डिभोर्सपछि खुब उत्सव मनाइन् ।

    त्यसक्रममा उनले आफ्नो बिहेका फोटो पनि जलाइदिइन् र गज्जबको फोटोशूट गरिन् । उनका डिभोर्स फोटोशूट सोसल मिडियामा भाइरल बनेका छन् । कतिपय मानिसहरुले निकै तारिफ पनि गरेका छन् ।

    उनले बिहेको फोटोलाई खुट्टाले कुल्चिएर पनि फोटोशूट गरेकी छिन् । जीवनमा हरेक सम्बन्ध जोडिँदा मात्र होइन तोडिँदा पनि उत्सव मनाउनुपर्ने उनको तर्क छ । सोही कारण आफूले यसरी फोटोशूट गरेको उनी बताउँछिन् । तर आफ्नो डिभोर्स फोटोशूट यतिधेरै भाइरल होला भनेर आफुले कल्पना नगरेको उनले बताएकी छिन् ।

    यस्तै अर्को प्रसंग- स्कुले जीवनमा सजायस्वरुप कान समाएर उठबस गर्नुपरेको अनुभव हामी धेरैको छ होला । स्कुलमा विद्यार्थीलाई दिइने सजायमध्ये यो सबैभन्दा सहज र कम पीडादायक पनि हो ।

    यसले विद्यार्थीलाई शारीरिक रुपमा धेरै पीडा नदिएपनि मानसिक रुपमा लज्जित बनाउने र गल्ती नगर्न अभिप्रेरित गर्ने विश्वास शिक्षकहरुको हुन्छ । तर, कान समाएर उठबस गराउने त्यो विधि केवल सजाय मात्र होइन रहेछ । त्यो त दिमागी स्वास्थ्यका लागि फाइदाजनक हुने रहेछ ।

    केही समयअघि गरिएको एक अध्ययन अनुसार कान समाएर उटबस गर्नाले सरीरमा विभिन्न खालका फाइदा पुग्दछन् । यो सजाय नभै योगाजस्तै हो । प्राचीन समयमा गुरुकुलमा सबै विद्यार्थीलाई यस्तै योगाभ्यास गराइन्थ्यो ।

    उठबस गर्दा कानको तल्लो भागमा समाउँदछौँ । उक्त भागमा विशेष एक्यूप्रेसर प्वाइन्ट हुन्छ । त्यसैले त्यस ठाउँमा समाउँदा उक्त विन्दुमा दबाब पर्दछ । यसले मस्तिष्कका केही विशेष तन्त्रिकामा सक्रियता बढाउँदछ । यसले मस्तिष्कको कसरत हुन्छ । यसबाट मस्तिष्कको कार्यदक्षता बढ्दछ ।

    कान समाएर उठबस गर्दा मेमोरी कोषिकामा रक्तप्रवाह तीव्र हुन्छ । मस्तिष्कको बायाँ र दायाँ हिस्साको कार्यप्रणालीमा सामाञ्जस्यता स्थापित हुन्छ । यस कारणले मन शान्त हुन्छ, एकाग्रतामा वृद्धि हुन्छ र स्मरण शक्तिमा बढोत्तरी हुन्छ ।

    हामीकहाँ शिक्षकले विद्यार्थीलाई दिने यो सजायलाई विदेशतिर सुपर ब्रेन योगा पनि भनिन्छ । मानिसहरु मस्तिष्कलाई शान्त राख्नका लागि यो योगा गर्दछन् । एजेन्सी

    २०७५ चैत २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...