News Portal

  • ओली-प्रचण्डको यस्तो अनौठो जुक्ति देखेर नेकपा नेता कार्यकर्ता तिनछक, होला त सफल ?

    संचारकेन्द्र संवाददाता
    ५४३ पटक

    काठमाडौं । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।

    नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले गरेका छन् । त्यसका लागि उनीहरूले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरे ।

    वरिष्ठ नेता नेपाल पक्षले मापदण्डका आधारमा जिल्ला नेतृत्व टुंग्याउनुपर्ने भन्दै अलग सूची बनाएपछि ओली र प्रचण्डले शीर्ष तहका नेताहरूसँग बेग्लाबेग्लै छलफल थालेका हुन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललाई पनि उनीहरू मनाउने प्रयासमा छन् ।

    सचिवालय सदस्य पोखरेलले छलफलका लागि अध्यक्षद्वयले आफूलाई सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएको जानकारी दिए । ‘एकताको बाँकी काम अब छिटो टुंग्याउनुपर्छ, ढिलाइ गर्दा थप समस्या हुन्छ,’ पोखरेलले भने, ‘भेटका लागि उहाँहरूले सोमबार बोलाउनुभएको छ, तर किन हो थप जानकारी छैन ।’

    अध्यक्षद्वयले शीर्ष नेताहरूसँग एकताका विषयमा बेग्लाबेग्लै छलफल सुरु गरेकोबारे आफूलाई थाहा नभएको उनले प्रस्ट्याए । वरिष्ठ नेता नेपालले सचिवालयबाट विधि, प्रक्रिया र मापदण्ड नबनाई जिल्ला नेतृत्वको नाम पारित गर्न खोजिए प्रतिवाद गर्ने रणनीति अपनाउँदै बेग्लै समानान्तर सूची बनाएका छन् । आफ्नो समूहले तयार गरेको जिल्ला नेतृत्वको सूची साबिक कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर तयार पारिएको नेपाल समूहको दाबी छ ।

    पछिल्लोपटक ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग जिल्ला नेतृत्वको सूची टुंग्याउने विषयमा परामर्श गरेका थिए । अध्यक्ष प्रचण्डले नेपाललाई पनि सँगै राखेर सूची टुंगो लगाउनुपर्ने प्रस्ताव गरे पनि ओलीले अस्वीकार गरेका थिए ।

    त्यसयता ओली–नेपालबीच औपचारिक संवाद टुटेको छ । जवाफमा ओलीले नेपाललाई राख्ने हो भने छलफलमा नेता ईश्वर पोखरेललाई पनि समावेश गर्नुपर्ने बताएपछि जिल्ला नेतृत्वको सूचीमाथि सचिवालय बैठकमा छलफल गर्ने भन्दै प्रचण्ड, खनाल, नेपाल र गौतम बालुवाटारबाट बाहिरिएका थिए ।

    गौतमको भेट, नेपाल र पोखरेलसँग सोमबार छलफल औअध्यक्ष ओली र प्रचण्डले आइतबार वामदेव गौतमसँग करिब दुई घन्टा छलफल गरे । गौतमले निश्चित विधि, प्रक्रिया र मापदण्डबाट जिल्ला नेतृत्व र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दा विवाद नहुने सुझाब दिएको उनीनिकट एक नेताले जानकारी दिए ।

    ओली र प्रचण्डले कम विवाद हुनेगरी नेतृत्व टुंग्याउने प्रयास भइरहेको बताएका थिए । गौतमसँग छलफल चलिरहँदा पोखरेल पनि बालुवाटार पुगेका थिए । यद्यपि, उनीसँग अध्यक्षद्वयले एकताका विषयमा केन्द्रित रहेर छलफल भने गरेनन् ।

    यसैबीच अध्यक्षद्वयले वरिष्ठ नेता नेपाललाई पनि सोमबार नै बालुवाटार बोलाएका छन् । ओलीनिकट स्रोतका अनुसार तीन दिनदेखि अस्वस्थ रहेका नेपालले स्वास्थ्यमा सुधार भए छलफलमा उपस्थित हुने जवाफ फर्काएका छन् । भारत भ्रमणमा रहेका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भने स्वदेश फर्किएपछि छलफल गर्ने तयारी छ ।

    नेकपाको प्रदेश कमिटीको एकता टुंगो लागे पनि जिल्ला नेतृत्वको निर्णय नहुँदा कमिटी चलायमान हुन सकेको छैन । ७७ मध्ये पूर्वएमालेले करिब ४५ र माओवादीले ३२ जिल्लाको नेतृत्व लिने मोटामोटी समझदारी भए पनि नेतृत्वको टुंगो लागिसकेको छैन । यद्यपि, ४० भन्दा बढी जिल्लामा साबिक दुवै पार्टीको संयुक्त कार्यदलले स्थानीय तहको एकीकरण टुंगो लगाइसकेको छ ।

    २०७५ चैत २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...