News Portal

  • अञ्जु पन्त राहत बाँड्ने बहानामा बाइबल बाड्न बारा पुगेको तस्विर भाइरल, के हो यथार्थ ?

    संचारकेन्द्र संवाददाता
    १०० पटक

    काठमाडौं । गायिका अञ्जु पन्त राहतका सामग्रीका साथ क्रिश्चियन धर्मग्रन्थ बाइबलका बन्डल बोकेर हावाहुन्डरी पीडित जिल्ला बारा र पर्सा पुगेको भन्दै सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ ।

    पीडाको आहतमा रहेका फेटालगायतका बासिन्दालाई अहिले राहत बाँड्न विभिन्न संस्था र व्यक्ति पुगिरहेका बेला पन्त पनि पुगेको भन्दै उक्त तस्वीर भाइरल बन्यो । उनले राहतका सामग्रीसँगै धर्म प्रचारमा पनि सक्रियता देखाएको आशंका पनि धेरैले गरे ।

    पन्तले हिन्दुबाट धर्मान्तर गरि क्रिश्चियन स्वीकार गरेकी थिइन् । हिन्दु धर्मको विरोध गरी गीत गाएको भन्ने आरोपको सामना उनले गर्न परेको थियो । बारा र पर्साका पीडित समुदाय भने, मुस्लिम र हिन्दु रहेका छन् । मृतकको संख्या मुस्लिमको ज्यादा रहेको विवरणहरू आएका थिए ।

    पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायिका अञ्जुलाई अहिले गालीगलौज गरिररहेका छन् । तर के अञ्जु पन्त धर्म प्रचार गर्न बारा पुगेकी हुन् त ? बुधबार भने अञ्जु पन्त बारा गएकी छैनन् । बुधबार बिहान ११ बजे उनी रेडियो नेपालमा भेटिइन् । रेडियो नेपालको स्थापना दिवसको अवसर पारेर आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिताको जज (निर्णायक) भएकाले व्यस्त रहेको उनले बताइन् ।

    ‘मेरो लगातार गीत रेकर्डिङ पनि चलिरहेको छ । म यो पटक बारा जान पाएको छैन, तर हामीले सहयोग पठाएका छौं,’ उनले टेलिफोन कुराकानीमा भनिन् । रेडियो नेपालले पनि मंगलबार विहान अञ्जु कार्यालयमा व्यस्त रहेको पुष्टि गरेको छ ।

    उसो भए यो तस्वीर अहिलेको हो त ?

    अञ्जुले आफ्नै नाममा अञ्जु पन्त फाउण्डसेन खोलेकी छन् । त्यसमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएकी छिन् । उनका अनुसार केही पहिले उनी सहयोग लिएर बारा पर्सा लगायतका तराईका जिल्ला गएकी थिइन् । त्यहीबेला खिचेको तस्वीर अहिले भाइरल बनाइएको हो ।

    अहिले प्रचार गरिएको तस्वीर उनको फेसबुक पेजमा पनि ५ डिसेम्बर २०१८ मै पोष्ट भएको भेटियो । अञ्जु भन्छिन्, ‘हामीले त्यसबेला बालबालिकालाई ब्याग र किताव कापी लगेका थियौं । त्यसलाई अहिले गलत प्रयासमा प्रयोग गरिएछ ।’

    आफूले गीत संगीतबाट कमाएको रकमको केही अंश समाजसेवामा लगाउन चाहेको, तर पटकपटक गलत प्रचार गरेर निराश बनाउन खोजेको उनको गुनासो छ । उसो त अन्जु पन्त बेलाबखत विभिन्न कारणले विवादमा तानिरहेकी हुन्छिन ।

    गायिका अञ्जु पन्तको स्वरमा जति भावुकताको मिठास अरुका स्वरमा विरलै भेटिएला । एउटा गजलमा भरेको स्वरले दिएको उचाईसँगै अञ्जुको गायन यात्राले पनि गति लियो । गायन नेपालमा एउटा राम्रो पेशा पनि बनिसकेको छ ।

    यो सौखमात्र होइन, व्यावसायीकतामा परिणत भएको छ । व्यावसायीकतामा परिणत भएको पेशासँग त्यस व्यक्तिको चरित्र, चित्र र नीजि व्यवाहार पनि जोडिन्छन् । अझ, सेलिब्रिटी नै भएपछि नजोडिने त कुरै भएन ।

    ६ हजार बढी गीतमा स्वर दिएकी अन्जुलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । उनका गीतमा भावुकताका भाव भए पनि उनको स्वभाव कस्तो छ ? पति मनोज राजसँग सम्बन्ध विच्छेद गरेका अन्जु धर्म परिवर्तनका कारणले पनि विवादमा तानिने गरेकी छन् ।

    अन्जुबारेका केही विवाद यस्ता छन्, तल हेर्नुहोस् ।

    अन्जुको स्वर र लुक्स जति स्वभाविक छ, उनको व्यवाहार अति अस्वभाविक छ । स्टेज शोमा दर्शकस्रोतको चाहनाअनुसार प्रस्तुती दिन नसकेका कारण देशभित्रका मेला महोत्सवमा उनको माग घटेको बताइन्छ ।

    अन्जु कार्यक्रम मेला महोत्सवमा आफ्नो पारिश्रमिक कति भनेर खुलाउँदिनन् । जब काम सक्छिन् त्यसपछि आयोजक र प्रायोजकको ढाड भाँचिने गरी अप्ठेरोमा पार्छिन् । त्यसकारण पनि उनलाई स्टेज कार्यक्रममा बोलाउन छाडिएको चर्चा छ ।

    पुरुष र मदिरालाई समानान्तर राख्ने अन्जुको पछिल्ला दिनमा स्वभावमा सुधार आएको बताइन्छ । तर उनले इलामदेखि धरानसम्मका स्टेजमा मदिरा पिएर गएको, गीत गाउन नसकेको र कार्यक्रम संयोजनकर्तासँग चक्कर चलेको आलोचना खेप्नु परेको थियो ।

    अन्जु मिडियासँग नजिक हुन चहान्न् । मिडियाले उनका बारेमा नराम्रो लेख्यो भन्ने आरोप रहँदै आएको छ । मिडियासँग विरोधाभाष सम्बन्ध राखेका कारणले पनि उनी विवादीतमा तानिन्छिन् ।

    विभिन्न देशमा हुने कार्यक्रममा समुहमा जान्नन् अन्जु । गए पनि उनका घरपरिवारका सबै सदस्यलाई लैजानु पर्ने भएकाले विदेशी स्टेजमा पनि उनको माग घटेको छ । एक जना होइन, २ जना होइन ४ देखि ५ जनासहित अन्जुलाई मोटो रकम दिनुपर्ने भएपछि विदेशी आयोजक पनि हैरान बन्न थालेका छन् ।

    कलाकारितामा विवादमा आउने एउटा कारण हो, अफेयर । हुन त यो निजी जीवन भए पनि सम्बन्धको चर्चा सतहमा समेत हुने गरेको छ । कलाकार, गायकसँग सम्बन्ध स्थापित भएका कारण घर विग्रिएको भन्ने आरोप लाग्दै आएको छ । यो विवादबाट पनि उनी मुक्त छैनन् ।

    अन्जुका लागि अनुबन्धन गर्ने गीतकार, संगीतकार र स्टुडियो उनको चलनदेखि हैरान छ । एउटा गीत कति पारिश्रमिकमा गाउने भन्ने यकिन नभएका कारण अन्जुबाट दुख पाउने गरेको संगीतकर्मीले गुनासो गर्दै आएका छन् । उनी गीत गाएपछि मुडअनुसार चार्ज लगाउने गर्छिन् ।

    अन्जु धार्मिक विवादमा पनि आइन् । धर्म परिवर्तन गरेर ख्रीष्टियन भएपछि हिन्दूलाई गाली गरेको भनेपछि उनी सामाजिक सञ्जालदेखि सवैतिर आलोचित भइन् । उनले रोएर गाली नगरेको भन्ने बयान दिनु परेको थियो ।

    हिन्दू उत्सव र महोत्सव, चाडपर्वमा गीत नगाउने अभिव्यक्तिका कराण अन्जु विवादमा तानिइन् । उनलाई कतिपय हिन्दुवादी संघ संगठनले कारबाही गर्नेसम्मका निर्णय लिएका थिए ।

    अन्जुले बिहेका सन्दर्भमा दिएको अभिव्यक्ति पनि विवादीत छ । उनले बिहेलाई काँडा भनेकी छन् भने जीवनसाथीको अपमान गरेको भन्ने अभियोग पनि लाग्दै आएको छ ।

    २०७५ चैत २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...