News Portal

  • सहकर्मीले पादेर हैरान बनाएको भन्दै मुद्दा दायर, २० करोड क्षतिपूर्ति माग

    संचारकेन्द्र संवाददाता
    १८७ पटक

    दुनियाँमा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियाँमा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ ।

    अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद ।

    पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् ।

    यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफू प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।

    सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।

    डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफूले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ ।

    यसैबिच टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी छिन् । टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी हुन् ।

    उनी विरुद्ध मुम्बइ प्रहरीले एफआइआर दर्ता गरेको छ । यो घटनाको कयौं भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    स्पोटब्वाईको एक रिपोर्ट अनुसार रुही आफ्ना साथीहरु राजेश र राहुलसँग राति अबेरसम्म बन्द्राको एक रेस्टुरेन्टमा थिइन् । उनीहरु ढिला पुगेका थिए । त्यतिबेलासम्म रेस्टुरेन्ट बन्द भइसकेको थियो। तर रुहीले त्यहाँ भएका स्टाफसँग रेस्टुरेन्ट खोल्न भनिन् ।

    उनी रेस्टुरेन्टको वासरुम प्रयोग गर्न भित्र प्रवेश गर्न खोजेकी थिइन् तर बन्द भइसकेको भन्दै रेस्टुरेन्टका कर्मचारीले उनलाई भित्र पस्न दिएनन् त्यसपछि उनले रेस्टुरेन्टका कर्मचारीमाथि हातहालिन् । अबेर राति भएको यो हंगामा पछि स्टाफले प्रहरीलाई फोन गरेर बोलाए । प्रहरी पुग्दा उनी रेस्टुरेन्टका कर्मचारीसँग झगडा गरिरहेकी थिइन् ।

    जब प्रहरीले उनलाई सम्झाउन खोज्यो तब उनले प्रहरीमाथि नै हात हालिन् । यो सबै घटनाको भिडियो खिचिराखेका प्रहरी लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पण मारिन् । उनी नशामा रहेको प्रहरीले जनाएको छ ।

    गाडीको स्टेरिङ घुमाउँदै थमन गाउँछन्, खै त बुझेको ?
    ४१ वर्षीय थमन गुरुङको मुख्य पेसा ड्राइभिङ हो । गाडीका स्टेरिङसँग खेल्न थालेको बिसौं वर्ष भइसकेको छ । पर्वतबाट पोखरा सपना खोज्दै झरेका उनी साउदीको घाम पनि खाए । पोखरा काठमाडौं रुटमा चल्ने माइक्रो र बसबाट यात्रुलाई सकुशल गन्तव्यमा पनि पुर्‍याए ।

    पछिल्लो समय उनी गोर्खा वेल्फेयरसँग आबद्ध छन् । गोर्खा वेल्फेयर सहकारी संस्थाको गाडी चलाउन थालेको ४ वर्ष भइसकेको छ । यही ४ वर्षको बीचमा ४ वटा गीत पनि बजारमा ल्याइसकेका छन् । गीतसँग नजिकको लगाव भएकै कारण ड्राइभिङ र संगीतलाई डोर्‍याइरहेका छन् । आधुनिक गीतमा रुचि राख्ने गुरुङको आइतबारमात्रै ‘खै त बुझेको ?’ नयाँ गीत बजारमा आएको छ ।

    देशविदेशमा वर्षौंदेखि गाडीको स्टेरिङ घुमाउँदै गीत गुनगुनाउने थमनले अहिले प्रविधिको युगलाई समाउँदै युट्युबमार्फत गीत सार्वजनिक गरेका छन् ।

    आधुनिक गीतमा बढी रमाउने थमनले गैरे सुरेश, दीपक शर्मादेखि हरि लम्सालको संगीतमा समेत गीत बजारमा ल्याएका छन् ।
    ‘मेरो रुचि एउटामा मात्रै होइन दुई वटा कुरामा एकैचोटी भइदियो– गीत र ड्राइभिङ । दुवैलाई अहिले सँगसँगै लगिरहेको छु ।

    पछि गाडीमा लाग्दालाग्दै संगीतमा आउन अलि ढिलो भएकोचाहिँ पक्का हो,’ उनी सुनाउँछन् । डायरीमा गीत लेख्दै थन्क्याउँदै गरेका थमनका शब्द बल्ल स्रोता, दर्शकको कान, आँखासम्म पुग्न थालेका छन् ।

    चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा थमनको नयाँ गीत ‘खैत बुझेको’ अहिले सार्वजनिक भएको हो ।

    यो गीतमा निर्मला घिसिङले थमनलाई साथ दिएकी छन् । भिडियोको छायांकन तथा निर्देशन पोखराका सरोज अधिकारीले गरेका छन् । अभिनयको सिँढी उक्लँदै गरेका अनील अधिकारी र मेलिसा खतिवडाले भिडियोलाई अझ रोचक बनाउने गरी अभिनय गरेका छन् । भीम विश्वकर्माको सम्पादन र सञ्जीवरत्न शाक्यको संयोजनका सार्वजनिक भएको भिडियोले छोटो समयमै दर्शकको मन जितिरहेको छ ।

    २०७५ चैत २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...