News Portal

  • मिडियाबिरुद्ध मुद्दा हाल्ने तयारीमा तयारी नायिका प्रियंका, यस्तो छ कारण

    संचारकेन्द्र संवाददाता
    १२२ पटक

    काठमाडौं । केही दिन अगाडि मात्र बलिउड नायिका प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच डिभोर्सको तयारी भइरहेको समाचार निकै भाइरल भयो । बिबाहको दुई महिना पूरा भएलगतै उनीहरु बिचको डिभोर्सको कुराले निकै चर्चा पायो । एक अमेरिकी म्यागजिनले उक्त कुरालाई दावी गर्दै समाचार प्रकाशित गरेको थियो ।

    उक्त समचारमा प्रियंकाको किचकिचे बानी र बच्चा जस्तो स्वभावका कारण दिक्क भएर निकले डिभोर्स दिन लागेको उल्लेख गरिएको थियो । निकको परिवारबाट पनि डिभोर्सको लागि निकै दवाव दिइरहेको लेखिएको थियो ।

    तर, नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । उक्त कुरा आफ्नो जीवनमा नराम्रो असर गरेको भन्दै समचार छाप्ने म्यागेजिनविरूद्ध मानहानीको मुद्धा हाल्ने प्रियंकाले बताइन् । प्रियंका निकट स्रोतका अनुसार उनी मुद्धा हाल्ने तयारी गरिरहेकी छिन् ।

    उक्त समचार सार्वजनिक भएपछि प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीसाथ चलिरहेको समेत बताएकी छिन् । प्रियंका र निकको डिभोर्सको खबर सार्वजनिक भएपछि यसले विश्वव्यापी रुपमा चर्चा पाएको थियो ।

    यस्तै नायक अर्जुन कपुर र नायिका मलाइका अरोरा खानको प्रेम सम्बन्धको चर्चा त अब सामान्य भैसकेको छ । यी दुई प्रेममा रहेको लामो समय भएको थियो । तर, नायक अरबाज खानसँगको बैबाहिक सम्बन्धबाट अलग भएपछि मात्र अर्जुन र मलाइकाले आफूहरुलाई नजिक देखाएका थिए ।

    अहिले फेरि बलिउड बजारमा अर्जुन र मलाइकाले बिहे गर्न लागेको चर्चा सुरु भएको छ । उनीहरु अप्रिल १९ मा बिहे गर्दैछन् भन्ने चर्चा भारतीय मिडियामा चलिरहेको छ । यो खबरमा अर्जुनका पिता बोनी कपुरले प्रतिक्रिया दिइसकेका छन् । उनले, यो खबरलाई झुटो मात्र भनेका छन् ।

    यो बिषयमा मलाइकाका पूर्व पती अरबाज खानलाई पत्रकारले प्रश्न सोधेका छन् । पत्रकारको प्रश्नमा अरबाजले भने–‘निकै नै बौद्धिक प्रश्न तपाइले सोध्नुभएको छ । यो प्रश्नका लागि तपाइले निकै नै मिहिनेत गर्नुभयो होला, रातभर बसेर सोच्नुभयो होला । म तपाइको प्रश्नको जवाफ दिन चाहन्छु । तर, तपाइले यति धेरै समय लगाएर प्रश्न सोच्नुभएको छ भने, मलाई पनि यसको जवाफ सोच्न समय लाग्छ । म तपाइलाई भोली बताउँछु, हुन्छ ?’

    अरबाजले मलाइका र अर्जुनको बिहेको बिषयमा जवाफ दिन नचाहेको प्रष्ट हुन्छ ।

    २०७५ चैत २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...