• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपतिद्वारा एकाएक राजीनामाको घोषणा, यस्तो छ कारण

    20.5K
    SHARES

    काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको भ्रष्टाचार, हिँसा, राजस्वमा गरिएको वृद्धि रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचनासँगै सरकारी मितव्ययी कदमहरूको विरुद्धमा ठूला-ठूला प्रदर्शनहरू भएपछि राष्ट्रपतीले एकाएक राजीनामा दिने घोषणा गरेका हुन  ।

    चौतर्फी आलोचना र नागरिकको ब्यापक बिरोधका कारण पछिल्ला दिनमा राष्ट्रपती अलोकप्रिय बन्दै गएसँगै उनका बिरुद्ध देशमा लगातार विरोधप्रदर्शनहरू भएपछी उनले एकाएक आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तर प्रदर्शनकारीहरुले पद छोड्न राष्ट्रपतिले गरेको प्रतिबद्धतालाई विश्वास गर्न नसकिने भन्दै तत्काल राजीनामा दिन माग गरिरहेका थिए ।

    आफूविरुद्ध व्यापक प्रदर्शन, जनस्तरबाट विरोध तथा सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । यो  अल्जेरियाकाे खबर हो । केही सातादेखि आफुरद्ध प्रर्दर्शन हुँदै आएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका हुन्  ।

    विगत दुई दशकदेखि सत्तामा रहँदै आएका उनी यसपटक चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्न सहमत भएपनि प्रदर्शनकारीहरुले भने उनले तत्कालै पद छोड्नुपर्ने बताउँदै आएका थिए । उनी विगत ६ वर्षदेखि मुटु सम्बन्धी रोगका कारण सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

    त्यस्तै  युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ । वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् ।

    तल्लो सदन हाउस अफ कमन्स्मा प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया थप अनिश्चित बनेको छ । यसअघि पनि ब्रेक्जिटको भावी दिशाका वैकल्पिक उपायहरुमा प्रधानमन्त्री टेरेजा मे असफल भएकी थिइन ।

    कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यी प्रस्तावहरू सरकारका लागि आगामी मार्ग तय गर्न सहयोगी ठानिएका थिए । यसअघि नै प्रधानमन्त्री मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्मा तीनपटक अस्वीकृत भइसकेको छ ।

    बहिर्गमन सम्झौतालाई मे ले चौथोपटक पनि संसद्मा ल्याउन सक्ने बताइएको छ । उनीसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा बिना सम्झौता ईयू छाड्ने विषयमा निर्णय गत १२ अप्रिलसम्मको समयसीमा छ । प्रधानमन्त्री मे बेलायत ईयु बजारमा रहने कुराको शुरूदेखि विरोध गर्दै आएका छन् ।

    यसैबिच दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।

    आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ । तर, किशोरीलाई दिल्लीसम्म ल्याउने ‘एजेन्ट’ फरार भएका छन् । उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति रू. ५० हजार बुझाएको बताएका छन् । तर, दुईजनाले भने एजेन्टलाई रू. दुई लाख दिएको दाबी गरेका छन् । उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ