News Portal

  • बारा पुगेका प्रचण्डले सबैलाई चकित पार्दै गरे यस्तो घोषणा, ओलीसहित पूर्वएमाले नेताहरु तिनछक

    संचारकेन्द्र संवाददाता
    ६३०१ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा-पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप प्रतिपरिवार ५–५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

    प्रचण्डले हावाहुरीबाट प्रभावित बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष ले राहत वितरणको क्रममा नेकपाको तर्फबाट प्रतिपरिवार ५–५ लाख दिने घोषणा गरेका हुन्। हावाहुरीमा परी अहिलेसम्म २८ जनाको निधन भइसकेको छ। अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमाएका २८ जनाका लागि नेकपाले १ करोड ४० लाख रुपियाँ प्रदान गर्नेछ।

    प्रचण्डले यस्तो घोषणा गरेपछि सत्तारुढ नेकपाका अर्का अध्यक्ष केपी ओलीसहित पूर्वएमालेका नेताहरु भने तिनछन परेका छन् । यद्धपि पार्टीभित्र छलफल गरेपछि प्रचण्डले यस्तो घोषणा गरेका हुन । यस्तै पीडितहरुको घर सरकारले बनाइदिने पनि उनले घोषणा गरे । उनले भने, ‘आज विहान मात्र मेरो प्रधानमन्त्रीजीसँग पनि कुरा भएको थियो । सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय भएको छ । यो जानकारी पनि म गराउन चाहन्छु ।’

    सोमबारको मन्त्रिपरिषद् बैठकले कुनै राहतको कार्यक्रम घोषणा नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यही भएर प्रचण्ड प्रभावित क्षेत्रमा जानुअघि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । त्यहाँ भएको छलफल अनुसार नै प्रचण्डले प्रभावितहरुका लागि राहत घोषणा गरेको हुन सक्ने एक नेताले बताए ।

    प्रचण्डले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

    त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट सम्बोधन गरे । यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ । सत्तारुढ नेकपाले यसअघि नै आफ्ना प्रत्येक सांसदबाट एक दिनको तलब बराबरको रकम संकलन गरी सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ।

    यता प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि वर्षा अगावै प्रि–फ्याब घर बनाइदिने भएको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।

    तत्कालका लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु बनाइने मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाले जानकारी दिए । दीर्घकालीन पुनर्स्थापनाका लागि भने पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई एकनासको प्रि–फ्याब द्दर बर्षा सुरु हुनु अगाडि (चार महिनाभित्र) तयार पार्ने निर्णय गरिएको उनले बताए ।

    प्रदेश सरकारले बनाइदिने भनेको प्रिफ्याब घर कस्तो हुन्छ भन्ने सार्वजनिक भएको छैन । तर, भूकम्प प्रभावितहरुले पनि प्रिफ्याब घर बनाएका थिए, जुन भुइँतले हुन्छ ।बैठकले राहत विचरणलाई व्यवस्थित बनाउन सहायक कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सहायता कक्षमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास राज्यमन्त्रीका साथै प्रमुख विल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधि नै बस्नेछन् ।

    तोकिएका अधिकारीहरु सहायता कक्षमा नियमित रुपमा अनिर्वाय उपस्थित हुनेछन् र उनीहरुले राहत संकलन वितरणको रेकर्ड राख्नुका साथै सहजिकरण गर्नेछन् । साथै हुरीबाट भएको क्षतिको विवरण संकलन पनि यही टोलीले गर्नेछ ।

    प्रदेशका आन्तरिक मामिलामन्त्री अध्यक्ष रहेको उच्चस्तरीय समितिले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । साथै सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमबाट मिलान गर्ने गरी करिव १५०० बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइनेछ ।

    नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने, विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माण क्रमशः गर्दै जाने पनि निर्णय भएको छ । बैठकले प्रभावित जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन सर्कुलर गर्ने निर्णय पनि गरेको छ ।

    उता सुदूरपश्चिम प्रदेश सरकारले पनि हावाहुरी पीडितलाई एक करोड राहत दिने निर्णय गरेको छ। पर्सा र बारामा ज्यान गुमाएका परिवार, घाइते र विस्थापित परिवारलाई एक करोड राहत दिने निर्णय भएको हो। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहतस्वरुप एक कराेड दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए।

    मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए । यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दु:खसमेत व्यक्त गरेको छ।

    यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। भने मंगलबार नै प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    विभिन्न राजनीतिक दल र केही नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन्। बारा र पर्साका हावाहुन्डरीमा मारिने २८ परिवारका सदस्य र घाइतेलगायतलाई सहयोगको घोषणाको श्रृङ्खला बढीरहेको छ तर उनीहरूले तत्काल ओत समेत पाउन सकेका छैनन् ।

    २०७५ चैत १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...