• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ताजा अपडेट- बारा र पर्सामा मात्रै मृत्यु हुनेको संख्या ३५ पुग्यो, ५ सय बढी घाइते, उद्दार कार्य जारी

    15.2K
    SHARES

    विरगन्ज ।  आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा ३५ जनाको ज्यान गएको स्थानीयवासीले बताएका छन् । तर प्रहरीले भने अहिलेसम्म ३१ जनाको मात्रै शब भेटिएको पुष्टि गरेको छ । ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको भन्दै यकिन तथ्यांक अझै प्राप्त नभएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

    मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने  ६ सयभन्दा मानिस घाईते भएको जनाइएको छ । प्रहरीले उद्दार कार्य जारी राखेको छ ।

    वीरगञ्जमा आइतबार साँझ आएको हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश दत्तका अनुसार नेसनल मेडिकल कलेजमा दुई जना, वीरगञ्ज हेल्थ केयरमा एक जना तथा नारायणी उपक्षेत्रीय अस्पतालमा दुई जनाको शव आइपुगेको हो ।

    त्यस्तै, अर्को एउटा शव फेला परेको पनि प्रहरी निरिक्षक दत्तले जानकारी दिए । मृत्तकहरुको पहिचान खुल्न सकेको छैन । मृत्तक मध्ये वीरगञ्ज हेल्थ केयरमा एक जना ६ वर्षीय बालकको शव रहेको दत्तले जानकारी दिए ।

    आइतबार साँझ करीब आठ बजे वीरगञ्जमा हावाहुरी आएको थियो । हावाहुरीका कारण विजुलीका खम्बा तथा रुखहरु ढल्नुका साथै गुडिरहेका ३ दर्जन गाडी पल्टिनुका साथै क्षति पुगेको थियो । घाइतेहरुको नेसनल मेडिकल कलेज, नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

    हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ । यसैबीच आइतबार साँझ आएको आँधी हुरीबाट प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन्। साँझ आएको आँधी हुरीमा जनधनको क्षति भएको जानकारी आएको छ।

    प्रधानमन्त्रीले भने बारा र पर्सामा गरी २५ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन्। प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको’ उनले ट्वीटमा जनाएका छन्।

    प्रधानमन्त्रीले दोस्रो ट्वीट गर्दासम्म २५ जना रहेको मृतकको संख्या यो समाचार तयार पार्दासम्म बढिरहेको छ। प्रधानमन्त्रीले नै ४०० जना घाइते भएको जानकारी आएको उल्लेख गर्नुले यो संख्या अझ बढ्ने देखिन्छ।

    ‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारीमा आएको छ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ प्रधानमन्त्रीले दोस्रो ट्विटमा लेखेका छन्।

    प्रतिक्रिया