News Portal

  • बनमा रंगेहात भेटिएका पूर्वउपाध्यक्षले अध्यक्षलाई निर्घात कुटे, यस्तो छ अवस्था

    संचारकेन्द्र संवाददाता
    २०२ पटक

    उदयपुर । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएका अध्यक्ष र अर्का एक उपभोक्तामाथि कुटपिट भएको छ।

    शुक्रबार बेलुका असारी जंगलमा लागेको डढेलो नियन्त्रणका लागि खटिएका असारी सामुदायिक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका १३ का अध्यक्ष ७२ वर्षीय वर्मलाल दाहाल र उपभोक्ता भविन्द्र थापामाथि सोही सामुदायिक वनका पूर्वउपाध्यक्ष बिष्णुबहादुर थापाले आक्रमण गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

    जंगल जाँदा थापा आफूसमेत उपभोक्ता रहेको वनमा डढेलो लगाउँदै गरेको अवस्थामा रंगेहात भेटिएपछि पक्राउ गर्न लाग्दा थापाले आक्रमण गरेको गाईघाट डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए। जंगलमा फेला परेका थापाले दाहाललाई देखेपछि किन सुराकी गरेको भन्दै आक्रमण गरेको उनले बताए।

    ‘वनमा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास जारी थियो, त्यसक्रममा सावउसका पदाधिकारीहरू राती छड्के गर्न जाँदा पूर्व उपाध्यक्ष थापा डढेलो लगउँदै गरेको अवस्थामा भेटिएपछि पक्राउ गर्न लाग्दा आक्रमण भएको हो’, अध्यक्ष दाहालले भने, ‘आगो लगाउन व्यक्तिको खोजीगर्दा एकै ठाउँबाट जाँदा नभेटिने भएपछि हामी छरिएर गएका थियौ, त्यसक्रममा मैले थापालाई फेला पारे, पक्राउ गर्न लाग्दा आक्रमण गरे।‘

    आफूमाथि अन्धाधुन्द आक्रमण भएपछि चिच्याएको सुनेर नजिकमा रहेका साथीहरूले उद्धार गरेको र थापालाई समेत गिरफ्तार गरी प्रहरीलाई बुझाएको उनले बताए। कुटपिटबाट घाइते भएका अध्यक्षको गाईघाटस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौरव भट्टले बताए। उनको ढाड, टाउको लगायतका शरिरका विभिन्न भागमा चोट लागेको उनले बताए। सामान्य अवस्थामा रहेका भविन्द्र भने घर फर्किएका छन्।

    पक्राउ परेका थापालाई वन ऐनअनुसार कारवाही गरिने सूचना अधिकारी साहले बताए। उनले भने, ‘वन ऐन अनुसार ३० देखि ५० हजारसम्म बिगो क्षतिपूर्ति तिर्नुपर्छ, अनि घाइतेको उपचार गर्नुपर्छ।’

    साहका अनुसार शुक्रबार राती असारी सावउसमा लागेको डढेलोले ३० देखि ४० हेक्टर वन सखाप भएको छ। यसैगरी वनमा डढेलो लगाउनेक्रममा तीन दिनअघि भेटिएका देउराली सावउस चौदण्डीगढी नगरपालिका ३ मा एक जनालाई जरिवान तिराइ छाडिएको छ। वनमा आगो लगाउने दिलिप तामाङलाई ३२ हजार ५ सय जरिवान गरिको साहले बताए।

    २०७५ चैत १७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...