News Portal

  • जुम्ल्याहा बच्चाका फरक-फरक बाबु, कसरी भयो सम्भव ?

    संचारकेन्द्र संवाददाता
    १३५ पटक

    काठमाडाै । चीनमा एउटा अनौठो घटना भएको छ । एक महिलाले जन्माएको जुम्ल्याहा सन्तानका पिता फरक फरक ब्यक्ति भएको पुष्टि भएको छ । यो घटना चीनको सियामेन सिटीको हो ।

    डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । सो कुरा पुष्टि भएपछि डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए ।

    त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो । ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् ।

    यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ । कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुको निष्कर्ष छ । अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् । यस्तै महिला र पुरुषबीच यौनसम्पर्क भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ ।

    यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? सामान्यतयाः रातको समयमा यौनसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् ।

    यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौनसम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौनसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौनसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

    पुरुष अग्रानिज्म भने यौनसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौनसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ । तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । एजेन्सी

    २०७५ चैत १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...