• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महासंघ र मानवाधिकारवादी आउने सूचना पाएपछि पत्रकार बिकलाई प्रहारीले छोड्यो

    4.6K
    SHARES

    कालिकोट। चैत्र ७ गते रेडियोबाटै गिरफ्तार परेका कालिकोटका पत्रकार कर्ण बिक रिहा भएका छन् । बिकको गिरफ्तारीबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघ र मानवाधिकार आयोगको टोली आउन लागेको सूचना पाएपछि प्रहरीले बिहिबार बिहानै उनलाई रिहा गरेको हो ।

    कालिकोटको सदरमुकाम मान्मास्थित रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार बिकलाई नेकपानिकट रहेको भन्दै बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो । बिहिबार कालिकोटकै पत्रकारहरुको रोहबरमा उनलाई तारिखमा रिहा गरेको त्यहाँबाट पत्रकार कालीबहादुर मल्लले संचारकेन्द्रलाई बताए ।

    नेपाल पत्रकार महासङ्घले बुधबार बिकलाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको थियो ।  महासङ्घका महासचिव रमेश विष्टले बिकलाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गराएका छन् ।

    उनका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ ।

    बिकको रिहाइका लागि नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र कालिकोटका स्थानीय पत्रकारहरुले पहल गरेका थिए ।यता क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बिहीबार नै पत्रकार बिकको गैर न्यायिक गिरफ्तारीबिरुद्ध सर्वोच्च अदातलमा मुद्दा दायर गर्ने तयारी गरेका थिए । तर प्रहरीले बिकलाई बिहानै ९ बजे नै रिहा गरिसकेको छ ।

    नेकपामाथि प्रतिबन्ध लगाएसँगै ओली सरकारले नेकपाका समर्थक शुभचिन्तकहरुलाई समेत गिरफ्तार र धरपकड गर्ने गरेको छ । नेकपा नेता कार्यकर्ताहरुलाई समात्ने बहानामा गाउँ गाउँमा पुगेर स्थानीयका घर समेत खानतलासी गरेर प्रहरीले आतंक मच्चाउन थालेको छ । तर प्रतिबन्धको चौतर्फी निरोध भैरहेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ