• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    बिद्रोही नेकपा १७ नेता कार्यकर्ता रिहा, हेर्नुहोस् नामसहित

    7.3K
    SHARES

    सिन्धुपाल्चोक । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका  नेपाल कम्युनिष्ट पार्टीका १७ नेट कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ ।

    बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

    जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ ।

    सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैयाँ र बाँकी अन्य १३ जनालाई जनही ६ हजार रुपैयाँ धरौटी मागिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

    धरौटीमा रिहा हुनेमा चितवनका साजन महतो, सिन्धुपाल्चोक बाह्रबिसे–८ का रेशम पौडेल, रामेछापका हिरा घिसिङ, काभ्रेका संजिव पहरी, काभ्रेकै अजय श्रेष्ठ, नुवाकोटका गणेश थापा रहेका छन् ।

    त्यस्तै इलामका सागर राई, कालिकोटका देउराम लोहार, कालिकोटकै नवराज के.सी., उदयपुरका शिव वि.क., कालिकोटका अनिल वि.क., मकवानपुरकी कल्पना रुम्बा र मकवानपुरकै चन्द्र बहादुर मोक्तानलाई पनि धरौटीमा छाडिएको छ । कार्कीटारमा एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।

    यता नेता कार्यकर्तामाथिको धरपकड र दमनबिरुद्ध १६ गते आव्हान गरेको नेपा बन्द एसईई परिक्षा र बार एसोसिएसनको चुनावका कारण फिर्ता लिएको छ ।  महासचिव विप्लवको उक्त घोषणापछि नेपाल बार एसोसिएसनले जिम्मेवार राजनीतिक दलले जनताको पक्षमा गरेको निर्णयले अत्यन्तै खुसी तुल्याएको बताएको छ । नेपाल बन्द फिर्ता भएपछि संचारकेन्द्रसंग प्रतिक्रिया दिँदै नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले विप्लव नेतृत्वको नेकपालाई धन्यवाद दिएका छन् ।

    नेपा बन्द फिर्ता लिएसँगै वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले आफ्नो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्नेजस्तो कुकार्यको आफूहरुको पार्टीले छिट्टै उचित जवाफ दिने पनि विप्लवले बताएका छन् ।

    उनले उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी दिएका छन् । साथै ओली सरकारको ज्यादती, दमन र मनपरीबिरुद्ध नेकपाले आगामी दिनमा सार्वजनिक कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राखेको समेत उनले बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ