News Portal

  • प्रियंकाको खुलासा- श्रीमानसँग लामो समयसम्म टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’

    संचारकेन्द्र संवाददाता
    ४२१ पटक

    काठमाडौं । भारतीय नायिका प्रियंका चोपडा नवविवाहित हुन् । उनी आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्नुपर्छ । त्यसकारण श्रीमान् निक जोनससँग निकै कम भेट हुन्छ । यस्तो अवस्थामा उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गरेको बताइन् ।

    ३६ वर्षे नायिकाले २६ वर्षे श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्ने बताइन् । प्रियंका र निकले गत डिसेम्बरमा विवाह गरेका हुन् । गत बिहिबार एन्डी कोहनको कार्यक्रम वाच ह्वाट ह्यापन लाइभमा कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा सेक्सटिङ र फेसटाइम सेक्समा विश्वास गर्नुहुन्छ ’ भन्ने प्रश्नमा उनले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।

    उक्त कार्यक्रममा उनले श्रीमानको रौं खौरन पनि सहयोग गरेको बताइन् । यसबारे उनले स्पष्टिकरण दिँदै भनिन्, ‘उनको टाउको पछाडिको रौं ।’ उनले थपिन्, ‘एकपटक, मात्र एकपटक । उनको टाउको पछाडि मात्र ।’

    विवाहमा कसले सबैभन्दा राम्रो उपहार दियो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘सबैभन्दा राम्रो कुरा त के हो भने केभिनले हामीलाई वाइनको सयौं बोतल ल्याइदिए र जोले यस्तो फ्रिज उपहारमा दिए जुन खोल्दा कारजस्तो देखिन्थ्यो ।’ प्रियंकाले यसअघि लामो सम्बन्धका लागि एकअर्कामा विश्वास र सम्मान हुनुपर्ने बताएकी थिइन् ।

    उता बलिउड अभिनेता अक्षय कुमार अभिनित पछिल्लो रिलिज ‘केशरी’ ले वक्स अफिसमा पाँच दिनमा करिब ८८ करोड भारू कमाइ गरेको छ।

    सिनेमाले रिलिजको पहिलो दिन बिहिबार २१ करोड भारू कमाइ गरेको थियो भने शुक्रबार १७ करोड कमाउँदा शनिबार भने २० करोड कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

    यस्तै सिनेमाले आइतबार २२ करोड भारू कमायो। वक्सअफिसमा सिनेमाको कमाइ अझै उत्साहजनक छ। सिनेमाले सय करोडको आँकडा सजिलै पार गर्ने बताइएको छ।

    सिनेमाले सोमबार ८ करोड बढिको कमाइ गरेको छ। दर्शकहरूले सिनेमालाई रूचाइरहेकाले यसको कमाइले निर्मातालाई राम्रै मुनाफा दिने अनुमान छ। सिनेमामा अक्षय कुमार तथा परिणिति चोपडा मुख्य भूमिकामा रहेका छन्। सिनेमालाई भारतमा, त्यो पनि विशेषगरी उत्तरी भारतका दर्शकहरूले विशेष रूचाएका छन्।

    सिनेमा ‘सारागढीको युद्ध’मा आधारित ऐतिहासिक सिनेमा हो।। सिनेमा यस वर्ष रिलिज भइसकेका सिनेमामा सबैभन्दा ठूलो सुरूवाती व्यापार गरेको सिनेमा हो। सिनेमा संसारभरका कुल ४२०० पर्दामा रिलिज भएको छ। करण जोहरले निर्माण गरेको यस सिनेमाका निर्देशक अनुराग सिंह हुन्।

    २०७५ चैत १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...