• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सिन्धुपाल्चोकमा भयानक विस्फोट, ४ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    6.7K
    SHARES

    चौतारा । सिन्धुपाल्चोकमा भयानक बिस्फोट भएको छ । जिल्लाको भोटेकोशी गाउँपालिका–४, चाकुमा सिलिण्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

    मृतक सबै भोटेकोशी गाउँपालिका–४ का स्थानीय रहेको तर पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले पुष्टि गरे।

    यसैबीच उता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।

    आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जल्दा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए ।

    स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

    यसैबीच, होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैंचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

    उनीहरुले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । पक्राउ गरेकालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ ।

    यता काठमाडौंमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ । चन्द्रगिरि नगरपालिका- १२ चुनदेवी चोक नजिक भित्रि सडकमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माकाअनुसार साँझ बा ५१ प २९७८ नम्वरको स्कुटरमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको वताए । स्कुटर मुकेश चौधरीले चलाएका थिए । आगोका कारण मानविय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ ।

    प्रतिक्रिया