• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    घरै घेराबन्दीमा पारेर कालिकोटबाट नेकपाका जनपरिषद प्रमुख गिरफ्तार

    4.2K
    SHARES

    कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्‍का कालिकोट प्रमुख धनराज शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    पार्टी निकट भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज समेत रहेका शाहीलाई प्रहरीले सोमबार विहान गिरफ्तार गरेको कालिकोट प्रहरीले जनाएको छ । विहान ११ बजेतिर शाहीलाई कालिकोटकै रातागामबाट सोमबार विहान ११ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतले जानकारी दिए ।

    प्रहरीले शाही बसेको घरलाई घेरा हालेर गिरफ्तार गरेको थियो । शाहीको साथबाट महत्वपूर्ण दस्तावेज बरामद गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले शाहीलाई मंगलबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।

    सरकारले प्रतिबन्ध लगाएपछि जिल्लामा सुरक्षाकर्मीले नेकपाका नेता-कार्यकर्ताको निगरानी बढाएको छ । नेकपाका नेता-कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी जिल्लाका विभिन्‍न स्थानहरुमा पुग्ने गरेको छ । प्रहरीले गाउँमा गस्ती बढाएपछि स्थानीयबासी विगत दशवर्षे जनयुद्धलाई सम्झिरहेका छन् ।

    यसअघि प्रहरीले आइतबार साँझ नेकपा कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठलाई पक्राउ गरिएको थियो। मोरङको कानेपोखरी क्षेत्रबाट श्रेष्ठसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ। शनिबारमात्र नेता हेमन्तप्रकाश ओलीसहित नौ जनालाई काभ्रेबाट पक्राउ गरिएको थियो।

    ओली सरकार नेकपामाथि व्यापक दमनमा उत्रिएको छ । यता प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न समेत नेकपलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक आवरणमा नेकपाले आपराधिक काम गरेकाले गतिविधिलाई नियन्त्रणमा लिएर अगाडि बढ्न आवश्यक रहेको दावी गरेका छन् ।

    हिउँदे अधिवेशनको समीक्षा गर्न डाकिएको संसदीय दलको बैठकमा बोल्दै ओलीले जनपक्षीय कार्यक्रमको योजना ल्याउन सांसदहरुलाई निर्देशन दिएका छन् । उनले आगामी बजेटका लागि गाउँ गाउँ घुमेर नयाँ कार्यक्रम ल्याउन समेत अह्राएका छन् । अधिवेशनको समीक्षा र राष्ट्रिय राजनीतिको बारेमा जिल्ला फर्किने सांसदको समान धारणा बनाउन बैठक बेलाइएको हो ।

    यसघि आइतबार उनले  धेरै सम्झाउँदा पनि विप्लव नेतृत्वको नेकपाले आफुले भनेको नमानेको बताएका थिए ।

    नेकपालाई समूहको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भने- ‘सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’ साथै आफुले तोकेको समयभित्र खुरुक्क हतियार लिएर नबुझाए आफुले तह लगाउन जानेको धम्कि दिए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

    लोकतान्त्रिक अभ्यास आचरण अनुसार सबै चल्नुपर्ने भन्दै त्यसमा सरकार एकदमै दृढ रहेको उनले बताए । ‘लोकतान्त्रिक अभ्यास आचरण अनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’

    कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’ श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।

    सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ