News Portal

  • निर्मला हत्या प्रकरण : जिल्ला अदालतले एसपी डिल्लीराजलाई दियो यस्तो आदेश

    संचारकेन्द्र संवाददाता
    १८८ पटक

    निकाठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

    जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो।अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार आइतबार १ बजे इजलासले आदेश गरेको हो।

    आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको छ। उनीमाथि सार्वजनिक न्याय विरुद्व(प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेको अन्नपूर्णमा खबर छ ।

    श्रेस्तेदार अवस्थीले अदालतले धरौटीमा छाड्न आदेश दिएको भन्दै रकम बुझाए धरौटीमा रिहा हुने र नबुझाए कारागार पठाइने बताए। यो समाचार तयार पार्दासम्म विष्टले धरौटी बाफत माग गरिएको रकम नबुझाएको अदालत स्रोतले जानकारी दिएको छ। चैत्र ८ गते विष्टलाई अभियोग लागेका दुईवटै मुद्दाको थुनछेक बहस सकिएको थियो।

    सो दिन समय नभएपछि आइतबार मात्रै आदेश आएको हो। विष्ट चैत्र ५ गते अदालतमा उपस्थित भएपछि उनको बयान लिने काम भएको थियो । विष्टका तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र कृष्णदेव जोशीले बहस गरेका थिए।

    जाहेरी कर्ताका तर्फबाट भने सरकारी वकिल कार्यालयका न्यायधिवक्ता देवराज भारती, सहन्यायधिवक्ता मोहनीप्रसाद जोशी सहित अधिवक्ता बद्रिप्रसाद भुषाल, इन्द्र अर्याल, कल्याण पोखरेल, ओमप्रकाश सेन ठकुरीले बहस गरेका थिए।

    कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो। म्याद जारी भएको १० दिनमा विष्ट अदालतमा उपस्थित भएका थिए। अदालतले उपस्थित हुन म्याद जारी गरिएका निलम्बित सीआइबीका डीएसपी अंगुर जीसी भने अझै उपस्थित भएका छैनन्।

    निर्मला हत्याप्रकरणमा सार्वजनिक न्याय विरुद्व(प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेका ६ जना प्रहरी कर्मचारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। फागुन २२ गते अदालतमा दायर भएका मुद्वाको प्रारम्भिक सुनुवाई, अभियोग लागेका व्यक्तिको बयान, र थुनछेक बहसपछि ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।

    फागुन ३० गते नै अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु रिहा भएका हुन्। उनीहरु अदालतमा मुद्वा दायर भएकै दिन उपस्थित भएका थिए। धरौटीमा रिहा भएका ६ जनामध्ये ज्ञानबहादुर सेट्टी र एकेन्द्र खड्काले अनिवार्य अवकाश पाइसकेका छन्। भने जगदिशप्रसाद भट्ट बर्खास्त गरिएका छन्।

    अन्य तीनजना निलम्बनमा छन्। गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले प्रहरी हिरासतमा अनुसन्धानका क्रममा भाइलाई यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

    गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको ८ महिना पुग्न लाग्दा समेत अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेको छैन्।

    २०७५ चैत १० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...