• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    दुईवटा बस एक आपसमा ठोक्किएर भयानक दुर्घटना, ६० जनाको मृत्यु भएको पुष्टी, थप बिबरण

    12.1K
    SHARES

    काठमाडौं । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । अफ्रिकी मुलुक घानामाको मुख्य राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।

    सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिनुभयो । ‘दुर्घटनामा पनि कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टी भएको छ, एक आपसमा ठोक्किएका बस मध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ,’ उनले भने ।

    एक आपसमा ठोक्किएका बेला दुवै बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् । किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए।

    उनका अनुसार घाइते मध्ये अधिकांशको टाउकोसहित शरिरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्गमा पोलिएको छ । ‘घाइते भएर उपचार गराइरहेका २८ जना मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ,’ उनले भने । स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।

    यसअघि चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ ।

    विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको थियो । यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ । कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उता अमेरिकी समर्थनको सिरियन डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ले सिरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ पराजित भएको दाबी गरेको छ । आइएसले आफ्नो अन्तिम पकड क्षेत्र पूर्वी बाघुज गाउँसमेत गुमाएपछि एसडीएफले यस्तो दाबी गरेको हो ।

    कुर्दिस नेतृत्वको एसडीएफका प्रवक्ताले सिरियाको शतप्रतिशत भू–भागमा आइएस पराजित भएको जनाएका छन् । एसडीएफको फौजले बाघुजमा विजयको झन्डा फहराएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । आइएसका प्रवक्ताले भने अडियो सन्देश जारी गर्दै संघर्ष समाप्त नभएको जनाएका छन् ।

    सिरियाको भू–भाग गुमाएपनि आइएस अझै ठूलो सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ । इराकी सरकारले सन् २०१७ मै आइएस पराजित भएको घोषणा गरेको थियो । कुनै समय सिरिया र इराकको ८८ हजार किलोमिटर क्षेत्र ‘जिहादी’ समूह आइएसको नियन्त्रणमा थियो ।

    इराकमा सन् २००३ मा अमेरिकी सेनाको हस्तक्षेपपछि आइएस सक्रिय जिहादी समूहकारुपमा देखापर्न थालेको थियो । सन् २०११ मा सिरियाली राष्ट्रपति बशार अल असादको शासनविरुद्ध पनि यो समूह सक्रिय बनेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ