• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यी हुन मध्यकमाण्ड इञ्चार्ज सुदर्शनसँगै गिरफ्तार परेका ८ नेता कार्यकर्ता, के भन्छ प्रहरी ?

    3.5K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

    नेपाल प्रहरीको विशेष व्युरोले सुदर्शनसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेमा पुरै गाँउ नै घेरा हालेर गिरफ्तार गरेको हो । तर महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले भने काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेको अवस्थामा ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको दावी गरेको छ ।

    सुदर्शनसहित गिरफ्तार  पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

    यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो ।  सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

    त्यसअघि नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट गिरफ्तार परेका थिए । नेकपाले जीवन्तसहित गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेकाे छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी नेकपाले दिएको छ।

    बिगतदेखि नै ओली सरकार नेकपमाथि व्यापक दमन गर्दै आएको छ । प्रतिबन्धपछि नेकपाका नेता कार्यकर्ताहरुलाई जहाँ भेट्यो त्यहि समात्न प्रहरीलाई निर्देशन दिएको छ ।

    ओली सरकारको निर्देशन कुरेर बसेको प्रहरी अहिले नेकपा नेता कार्यकर्ता समात्न गाउँ गाउँ पुगिरहेको छ । प्रहरीले नेकपाका समर्थक शुभचिन्तकहरुलाई समेत घर खानतलासी गर्ने, अनावश्यक मानसिक तनाव दिने गरिरहेको छ । यता नेकपामाथि लागेको सरकारी पतिबन्धको भने चौतर्फी बिरोध भइरहेको छ ।

    प्रतिक्रिया