News Portal

  • दुई हजार बर्ष यताकै सबैभन्दा बढि तात्यो पृथ्वी, यसो भन्छन् बैज्ञानिक

    संचारकेन्द्र संवाददाता
    ३४१ पटक

    काठमाडौं । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको तथ्य सार्वजनिक भएको छ । चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले  दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको जनाएको छ ।

    मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

    चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन् ।

    ‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया यूनिभर्सिटी’ ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दावी गरिएको छ ।

    विगत दुई हजार बर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ । तर यो अनुसन्धानपूर्व जलवायुका बिषयमा रहेका तथ्याङ्कले विभिन्न महादेशको करिब एक हजार बर्षको रेकर्ड देखाएका थिए ।

    पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमूना (सेडिमेन्ट स्याम्पल), जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्, ले दुई हजार बर्ष पहिलेको जलवायुबारेको तथ्याङ्क उजागर गरेको हो । उक्त नमूनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौँ बर्ष पहिलेको तापक्रमको उतार–चढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दावी गरिएको छ ।

    उच्च पहाडी वा हिमाली क्षेत्र जलवायु परिवर्तनका हिसावले संवेदनशील मानिने अनुसन्धान समूहका सदस्य झाओ चेङले बताए । “सोलार विकिरण तथा ज्वालामूखी गतिविधि जलवायु प्रभावका प्रमुख स्रोतका रूपमा रहने गर्छन । तर बिसौँ शताब्दीको पछिल्लो पाँच दशकमा मानवविकास र उत्पत्तिसम्बन्धी गतिविधि तापक्रम वृद्धिको प्रमुख कारक बन्ने गरेका छन्,” उनले भनेका छन् ।

    २०७५ चैत २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...