News Portal

  • होली पर्व विधिवत रुपमा सुरु, बसन्तपुरमा चिर ठड्याइयो

    संचारकेन्द्र संवाददाता
    ४७ पटक

    काठमाडौं । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत रुपमा सुरु भएको छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ विहिवार होली पर्व मनाइदैँ छ ।

    काठमाडौंको बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा यस वर्षको फागु अर्थात होली सुरु भएको हो । केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा बुधबार विहान ११ बजेर ५५ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडेको हो ।

    धालासिक्व मानन्धर सनाःगु खलः गुठीका मानन्धरहरुले चीर गाड्नुपर्ने परम्परा मल्लकालीन राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक बर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ ।

    बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् ।

    होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ ।

    यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

    होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकश्यप नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई छोरालाई अग्नीकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलीकालाई (जसलाई अग्नीले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए ।

    दाजुको आदेशानुसार होलीका प्रहृलादलाई काखमा लिएर अग्नीमा बस्दा आगोले धर्मको साथ दिएकोले होलीका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन । होलीका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर दरेर होली पर्व मनाउने परम्परा चलेको धार्मीक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएका विश्वास छ ।

    त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...