News Portal

  • नेकपा नेतृ बन्धु चन्द अदालत परिसरबाटै पुनः गिरफ्तार

    संचारकेन्द्र संवाददाता
    ११६ पटक

    मंगलसेन । सरकारले गिरफ्तारको पुरानै श्रृंखलालाई पुनः दोहोर्याउन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई विभिन्न अभियोगमा गिरफ्तार गरेर हिरासतमा राख्ने र अदालतले निर्दोष साबित गरेर रिहा गर्न आदेश दिँदा पनि फेरी फेरी गिरफ्तार गर्न थालेको छ ।

    बुधबार मात्रै अछाम जिल्ला अदालतलको आदेशमा रिहा भएकी नेकपा नेतृ तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई रिहालगत्तै अदालत परिसरबाट सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले पुनः गिरफ्तार गरेको छ ।

    चन्दलाई माघ १ देखि शुरु भएको पार्टीको २ महिने केन्द्रीय कार्यक्रम ‘संगठन सृदृढ तथा विस्तार अभियान–२’मा सहभागी भइरहेको बेला माघ ११ गते अछामको पुल्लेतोलाबाट प्रहरी गिरफ्तार गरी हिरासतमा राख्दै आएको थियो ।तर मंगलबार उनलाई अदालतले रिहा गर्न आदेश दिएकोमा परिसरबाटै प्रहरीले गिरफ्तार गरी हिरासतमा पुर्याएको छ ।

    प्रहरीले चन्दलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन । माथिको आदेश भन्दै उनलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ।

    मंगलबारदेखि नेकपामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको ओली-प्रचण्ड सरकारले गत साउन–भदौ महिनामा पनि नेकपा नेता कार्यकर्तालाई पटक पटक अदालतले रिहा गर्न आदेश दिए पनि पक्राउ गर्दै आएको थियो । त्यो शृंखला केहि समय रोकिएपनि सरकारले पुनः दोहोर्याएको छ ।

    यता आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेकपाले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । पार्टी महासचिव विप्लवले आफ्ना नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा जनता नै त्रसित हुनेगरी गरिएको अप्रेशन र प्रहरी दमनबिरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

    शुक्रबार कपिलवस्तुमा आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरी घाइते बनाएपछि विज्ञप्‍ति जारी गरेर विप्लवले ओली सरकारले देखाएको फासिवादी रबैयाको कडा शब्दमा बिरोध गरेका छन् ।

    ओली सरकारले गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

    महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन गरेको भन्दै फासिवादी चरित्र उदाङ्गो भएको बताएका छन् ।

    “केही दिन अगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फाँसिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौं कि उनीहरुले जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस सामाजिक दलाल पूँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौं ! फागुन ३० गते नेपाल बन्द गरौं” विज्ञप्तिमा उल्लेख छ ।

    २०७५ फागुन २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...