News Portal

  • धारै नभकाहरू मुलधारमा आउ रे, मलाई ताजुब लाग्छ यार

    नविन जैसी
    १३५ पटक

    धारै नभकाहरू मुलधारमा आउ रे, मलाई ताजुब लाग्छ यार !
    मुलधारकालाई चाहिँ किनारा लाउ रे मलाई ताजुब लाग्छ यार !

    शासक बर्वराउने, सत्ता धर्मराउने पनि गीत गाउने हाे स्रष्टाले ?
    बरू काला कर्तुतकाे गुनगान गाऊ रे, मलाई ताजुब लाग्छ यार !

    जीवन तरकारीकाे मूल्य जस्तै ठानी आत्महत्या गर्दैछ किसान
    खाेक्छाै, राेजे जति छ बजार भाउ रे, मलाई ताजुब लाग्छ यार !

    निकम्मा सर्टिफिकेटले नै बनाएकाे एक वाैद्विक पागल हुँ म
    अब तीनै सर्टिफिकेटसँग रमाउ रे, मलाई ताजुब लाग्छ यार !

    के यसरी नै बन्ने हाे सुखी नेपाली अनि समृद्व नेपाल मान्यवर ?
    सबै नाै जवानहरू खाडीमा जाऊ रे, मलाई ताजुब लाग्छ यार !

    २०७५ फागुन २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...