News Portal

  • ३२ लाख घोटाला काण्ड- महानगरले पठायो प्राविधिक टोली, स्थानीयवासी सशंकित

    तत्काल छानबिन गर्न अख्तियारसँग माग

    सञ्चारकेन्द्र संवाददाता
    ३२१ पटक

    पोखरा । पोखरा महानगरपालिकाले श्रीकृष्ण माध्यमिक विद्यालयमा भएको ३२ लाख रुपैयाँ अनियमितताको छानबिन सुरु गरेको छ । नयाँ व्यवस्थापन समिति र प्रधानाध्यापक आएपछि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारी र तत्कालिन प्रधानाध्यापक केदारनाथ अधिकारीको मिलेमतोमा भएको अनियमितता पर्दाफास भएका थियो ।

    वडा कार्यालय ७ का वडाध्यक्ष रामचन्द्र बरालको निवेदन अनुसार महानगरपालिकाका इञ्जिनियर राजु रेग्मी र ओभरसियर नेत्र तिमिल्सिनाको टोलीले विद्यालयमा नवनिर्माण भएका भौतिक संरचनाहरुको नापजाँच सुरु गरेको छ । शिक्षा समितिका संयोजक तथा वडा नंं. ७ का वडाध्यक्ष रामचन्द्र बरालले भने–‘शुरुको चरणमा विद्यालयमा निर्माण भएको भौतिक संरचनाहरुको नापजाँच हुनेछ । लगत्तै लेखामा पनि निवेदन दिएर आर्थिक हरहिसाबको छिट्टै छानबिन गर्नेछौं ।’

    तर स्थानीयवासीले महानगरपालिकाको छानबिनमाथि आशंका व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले तत्कालै छानबिन प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन् । आर्थिक अनियमितता पर्दाफास भए लगत्तै सम्पर्कविहिन भएका व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण र स्थानीयवडाध्यक्ष रामचन्द्र बराल बीचको सम्बन्धका कारण छानबिनमाथि स्थानीयवासीहरुले शंका व्यक्त गरेका हुन् ।

    स्थानीयवासी, भूतपूर्व विद्यार्थीहरु, चन्दादाताहरु, समाजसेवीहरु र विभिन्न राजनीतिक दलका नेताहरुको टोलीले विद्यालयमा नै पुगी दोषी आफ्नै दलको कार्यकर्ता वा परिवारको मान्छे भएपनि कार्वाही गर्न प्रधानाध्यापक टिकाराम लामिछाने, वडाध्यक्ष रामचन्द्र बराल र छानबिन समितिका सदस्य किशोर बरालसँग माग गरेका थिए ।

    विद्यालयमा सबैभन्दा बढि चन्दा दिनुहुने समाजसेवी शोभाचन्द्र बरालले गरिबका बालबच्चाहरु पढ्ने सामुदायिक विद्यालयमाथि भएको अनियमितता ज्यादै नै लज्जास्पद घटना भएको बताए । चन्दादाता बरालले भने –‘व्यवस्थापन समिति स्कुलमा नभई रेष्टुरेण्टमा र सर्वसम्मतिले नभई जबरजस्ती गरिनुका कारणहरु आखिर यिनै आर्थिक अनियमितता र लुटका लागि रहेछन् ।’

    ३२ लाख रुपैयाँ अनियमिततामा संलग्न भएको व्यवस्थापन समितिको निर्माण जिरोकिलोमिटरमा रहेको न्यू ऐरा रेष्टुरेण्टमा बसी प्रधानाध्यापक केदारनाथ अधिकारी र अध्यक्ष तेजनारायण अधिकारीले कागजपत्र मिलाएर गरेका थिए । गणपुरक संख्या नपुगेकोले अर्को दिन अभिभावकहरुको भेला गराई सर्वसम्मतिले समिती गठन गर्ने भनेर सकिएको कार्यक्रम कै माईन्यूटमा घर–घरमा पुगी अभिभावकको सही गराएर रातारात संख्या पु¥याई तेजनारायण अधिकारीले एकलौटी रुपमा तत्कालिन नेकपा एमालेका कार्यकर्ताहरुलाई सदस्यमा चयन गरी आफू अध्यक्ष बनेका थिए ।

    व्यवस्थापन समिति निर्माण प्रक्रिया नै गलत भएको भन्दै तत्कालिन अवस्थामा वडाका तीनदर्जन भन्दा बढि संघसंस्थाहरुले सामूहिक हस्ताक्षर गर्दै विरोध जनाएका थिए । विरोधका बाबजुद जबरजस्ती एकलौटी ढंगले बनाईएको कार्यसमितिले गरेको चरम आर्थिक अनियमितता ढाकछोपका लागि पुनः तेजनारायण अधिकारी नै व्यवस्थापन समितिको अध्यक्षका लागि जोडबल गरिरहेका थिए । तर उनकै कार्यकर्ताहरुले विरोध जनाउँदै पुरुषोत्तम रेग्मीको नेतृत्वमा छुट्टै विद्यालय व्यवस्थापन समिति निर्माण भएपछि पूर्वअध्यक्ष तेजनारायण अधिकारी र प्रधानाध्यापक केदारनाथ अधिकारीको ३२ लाख रुपैयाँ घोटाला सार्वजनिक हुन पुगेको हो ।

    सामुदायिक विद्यालयमाथि भएको आर्थिक अनियमितताको सत्यतथ्य छानबिन गर्न नेपाली काँग्रेस वडा नं. ७ का सभापति नबिन बरालले वर्तमान प्रधानाध्यापक टिकाराम लामिछाने र वडाध्यक्ष रामचन्द्र बरालसँग माग गरे । सभापति बरालले भने–‘तपाईहरु कार्वाही गर्न सक्नुहुन्न भने हामी कारवाहीको दायरामा ल्याउँछौं । होइन भने दोषीलाई बचाउने उद्देश्यले छानबिनमा ढिलाई गर्न भएन ।’

    विद्यालयका प्रधानाध्यापक टिकाराम लामिछानेले विद्यालयमा भएको आर्थिक अनियमितताका कारण दैनिक कामकाज तथा शिक्षकहरुलाई तबल खुवाउन नसकेको बताए । प्रधानाध्यापक लामिछानेले भने –‘कहाँबाट पैसा ल्याएर अब स्कुल चलाउने हो । म त नसक्ने अवस्थामा पुगिसके ।’

    विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि बरालले सरकारी विद्यालयमाथि भएको आर्थिक अनियमितताको यस घटनाले वडा कै बेईज्जत भएको भन्दै सम्बन्धित निकायले तत्काल छानबिन गरेर दोषमाथि कार्वाही गर्न माग गरे ।

    स्थानीयवडाध्यक्ष रामचन्द्र बराललाई पेल्दै वडासञ्चालनका विभिन्न गतिविधिहरुमा ठाडो हस्तक्षेप गर्दै आएका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीमाथि महानगरपालिकाले गर्ने छानबिनमा स्थानीयवासीहरुले आशंका जनाउँदै आईरहेका छन् ।

    महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई चुनाव जिताउने मै हुँ, मलाई कसले कार्वाही गर्न सक्छ हेरौं भन्दै दम्भ देखाउने पूर्वअध्यक्ष तेजनारायण र पूर्वप्रधानाध्यापक केदारनाथमाथि अख्तियारले नै निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ ।

    त्यसो त मिडियादेखि लुक्दै हिडेका पूर्वव्यवस्थापन समितिका अध्यक्ष तेजनारायणले एक विज्ञप्ति जारी गर्दै आफू आर्थिक अनियमिततामा संलग्न नभएको दावी गरेका छन् । सरोकारवाला, प्रधानाध्यापक, वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरुले ३२ लाख रुपैयाँ आर्थिक हिनामिनाका विषयमा सोधपुछ गर्न विद्यालयमा बोलाउँदा समेत आजसम्म पूर्वअध्यक्ष अधिकारी उपस्थित भएका छैनन् ।

    सामुदायिक विद्यालयमाथि भएको आर्थिक अनियमितताको एक साता भित्रमा छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले–‘एक साता भित्र दोषी पत्ता लगाई विद्यालयले कार्वाही नगरेमा आफूहरुले नै कार्वाही गर्ने चेतावनी दिएका छन् ।’

    २०७५ फागुन २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...