News Portal

  • भारतले एकै पटक थुन्यो पाकिस्तान जाने तीन नदी, पानी युद्ध सुरु

    संचारकेन्द्र संवाददाता
    ४०४ पटक

    काठमाडौं । पाकिस्तान र भारतबीच फेरि विवाद तनाव उत्पन्न भएको छ । पाकिस्तानी भूमिमा बम हमलासँगै पछिल्लो पटक विवाद उत्पन्न भएको थियो । पाकिस्तानले भारतीय वायु सेनाको लडाकु बिमान खसालिदिएपछि कश्मिरबाट पछी हटेको भारतले फेरि युद्ध सुरु गरेको छ ।

    भारतबाट पाकिस्तान बग्ने तीनवटा नदी एकैपटक बन्द गरेको हो । भारतीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिदिएको बताएका छन् ।

    पाकिस्तानको संरक्षणमा कश्मीरको पुलवामा अतिवादी आक्रमण भएको आरोप लगाएको भारतले तत्कालै ती नदीको पानी बन्द गर्ने धम्की दिएको थियो । हाल राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    राज्यमन्त्री मेघवालले तीनवटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

    भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् । भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जलसम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ । पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।

    जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हवाइ हमलासम्मका घटना भएका थिए । तर पाकिस्तानले भारतको एक लडाकु विमानलाई जमिनमा खसालेर पाइलटलाई नियन्त्रणमा लिएपछि भारत पछि हट्न बाध्य भएको थियो । पाकिस्तानले भारतीय पाइलटलाई ससम्मान रिहा गरिदिएपछि तनाव केही मत्थर भएजस्तो देखिएको छ ।

    २०७५ फागुन २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...