News Portal

  • अस्ट्रेलियासंगको अन्तिम निर्णायक खेलमा तोड्न सक्छन विराटले यस्तो रेकर्ड

    संचारकेन्द्र संवाददाता
    ३२ पटक

    काठमाडौँ । दिल्लीको फिरोज शाह कोटला रंगशालामा भारत र अस्ट्रेलियाले जारी सिरिजको अन्तिम तथा निर्णायक म्याच खेल्दैछन्।पछिल्लो म्याचमा दुबै टोलीले ३५० माथि स्कोर गरे। यी दुबैबीच म्याच खेलिने यस मैदानमा आजसम्म विश्वको कुनै पनि ब्याट्सम्यानले दोहोरो शतक प्रहार गरेका छैनन्। सुपर फर्ममा रहेकाले घरेलु मैदानमा भारतीय कप्तान विराट कोहलीले यो रेकर्ड तोड्छन् की भन्ने आशा गर्न भने सकिन्छ।

    यस रंगशालामा कुल २५ प्रतिष्पर्धा भएको छन् जसमा २३ म्याचको अन्तिम नतिजा आएको छ भने दुई म्याच रद्ध भएको छ। यी सबै म्याचमा केबल दुई वटा पारीमा मात्र ३०० रनको आँकडा पार भएको छ। वेस्ट इण्डिजले सर्वाधिक ३३० रन बनाएको छ भने पाकिस्तानले पनि ३०२ रन बनाएको छ।यस्तै यस मैदानमा अस्ट्रेलियाले सर्वाधीक २९४ रन बनाएको छ भने भारतले २८९ रन सम्म बनाएको छ।

    कोहलीलाई दोश्रो शतक बनाउने मौका
    कोटला मैदानमा ७ ब्याट्सम्यानले शतक प्रहार गरेका छन्। यस सुचिमा विराट कोहली, सचिन तेन्दुल्कर, रिकी पोन्टिङ, इबि डिविलियर्स, केन विलियम्स, निक नाइट, रोय डायस सामेल छन्। यसमा पाँच व्याट्स्मयानले क्रिकेटबाट सन्यास लिइसकेका छन्। विराट र केन सक्रिय ब्याटिङमा छन्। यसकारणले गर्दा कोहलीलाइ दोश्रो शतक हान्ने मौका आएको छ। केनले कहिले खेल्छन् तय छैन।

    धोनी बिना कप्तान कोहली असहज हुन्छन्
    भारतका पूर्व कप्तान बिशन सिंह बेदीले सोमबार महेन्द्र सिंह धोनी भारतिय टिमको ‘आधा कप्तान’ भएको बताएका छन्। उनले धोनीको अनुपस्थितिमा वर्तमान भारतीय क्रिकेट कप्तान विराट कोहली अस्ट्रेलिया विरूद्ध चौथो म्याचमा असहज देखिएको पनि बताए।

    धोनीले अन्तिम २ म्याचबाट आराम लिएका छन्। पाँच म्याचको श्रृखंला २-२ को बराबरीमा सकिएको अवस्था छ। बुधबार हुने निर्णायक म्याचले विजेताको टुङ्गो लगाउनेछ।’म टिप्पणी गर्नलाई को नै हुँ र? तर हामी धोनीलाई विश्राम दिइएकोमा हैरान थियौं। म्याचमा बलिङ तथा फिल्डिङमा उनको अनुपस्थिति खड्किरहेको थियो। उनी एकप्रकारले आधा कप्तान हुन्’, उनले भने।

    ‘धोनी अब युवा त हुनेछैनन् र पहिलेजस्तो फूर्तिला पनि छैनन् तर टिमलाई उनको आवश्यक्ता छ। उनको उपस्थितिमा टिमले संयम भएर खेल्छ। कप्तानलाई पनि आवश्यक्ता महशुस हुन्छ र उनीबिना असहज देखिने गरेका छन्। यो राम्रो संकेत होइन’, बिशनले भने, ‘म व्यक्तिगतरूपमा भारतीय टोलीलाई वर्तमानमा बाँच्ने सुझाव दिन्छु। विश्वकपका लागि साढे दुई महिनाको समय छ। केबल आफ्नो खेल खेलौं। विश्वकपका लागि पछिल्लो डेढवर्षदेखि हामी प्रयोगमात्र गरिरहेका छौं र म यसबाट खुशी छैन्’।

    उनले भारतीय टिमले विश्वकप अघि एक दिवसिय क्रिकेटमा प्रयोग गर्न नहुने बताए। उनका अनुसार यसले टिममा गम्भिर समस्या श्रृजना गर्न सक्छ। ‘उनीहरूमध्ये कोई पनि आइपिएलमा घाइते हुन्सक्छन्। यस्तोमा आफ्नो क्लबका लागि खेल्दै गर्दा उनीहरूले आफ्नो शतप्रतिशत नदिन सक्छन्’, उनको चिन्ता छ।

    २०७५ फागुन २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...