News Portal

  • पाँचौं साफ उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

    संचारकेन्द्र संवाददाता
    २९ पटक

    काठमाडौँ ।  विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ।

    प्रतियोगितामा सहभागी टिमहरु नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका कप्तानहरुले संयुक्त रुपमा उचालेर ट्रफी सार्वजनिक गरेका छन्। विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो।

    प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानहरुले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाइएको बताए। महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको भारतले पनि उपाधि रक्षा गर्ने हिवासमा आफ्नो तयारी रहेको जनाएको छ।

    प्रतियोगिताको उद्धघाटन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ। उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले प्रतियोगिता आयोजना गर्न विराटनगर तयार भएको जानकारी दिए। उनले प्रतियोगितामा भाग लिने छ वटै मुलुकका खेलाडी टिम विराटनगरमा आइसकेको बताए। यसको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको जनाएको छ।

    एन्फाले दर्शकको सुविधाका लागि पानीको बोतल बाहेक हेल्मेट, छाता, डन्डालगायत अन्य केही वस्तु मैदानभित्र लैजान निषेध गरेको छ। प्रतियोगिताको लिग चरणका खेलका लागि एन्फाले ३ सय र २ सय दरका टिकट बिक्री गर्नेछ। विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

    उनका अनुसार सडक, प्रतियोगिता आयोजना स्थल, खेलाडीले अभ्यास गर्ने स्थान, खेलाडी आवतजावत गर्ने रुट, सार्वजनिक स्थल, खेलाडी तथा अफिसियल बस्ने होटलहरुमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ।

    निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। पछिल्लो समय नेपाली महिला टोलीले सफलता हात पार्ने क्रम बढ्दै गएको छ। दक्षिण एशियाली राष्ट्रमध्ये शक्तिशाली राष्ट्र छिमेकी मुलुक भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गर्दा नेपाली टोलीको मनोबलको मनोवल उच्च बनेको छ। नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन।

    पछिल्लो पाँच खेलमा बंगलादेशसँग चार खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो पाँच खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग रहेको र यस प्रतियोगिताका लागि उच्च तयारी गरिएको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए।

    उनले समूह चरण पार गर्नका लागि रणनीति तयार पारिएको र भारतलाई बलियो टिमका रुपमा नेपालले लिएको जानकारी दिए।

    भुटानका प्रशिक्षक र टिम कप्तानले पनि आफूसँग उद्घाटनामा भिड्ने नेपाली टोली मजवुत रहेको बताएका छन्। ‘हामीसँग समूह चरणमा भिड्ने नेपाली टोली मजवुत छ,’ उनीहरुले भने, ‘त्यही अनुसारको तयारी गरेर आएका छौं।’

    नौ वर्षअघि सुरु भएको साफमा हालसम्म नेपाल तीनपटक उपविजेता बनेको छ भने चिरप्रतिद्वन्दी भारतले चारैपटक उपाधि हात पारेको छ। बंगलादेश यस प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टिम हो। पाकिस्तानले यस पटक प्रतियोगितामा सहभागिता नजाउने भएको छ। समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन्। च्याम्पियनसीप आगामी चैत आठ गतेसम्म सञ्चालन हुने छ।

    २०७५ फागुन २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...