News Portal

  • राजनीतिक गोलचक्करका बीच किन जादैछन ‘मिसन’ मधेसमा पूर्वराजा ज्ञानेन्द्र

    संचारकेन्द्र संवाददाता
    १२४ पटक

    काठमाडौं  मधेशमा राजनीतिक पेचिलो भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने भएका छन् ।रेशम चौधरीलाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता, सिके राउतको रिहा र त्यसपछि ११ बुँदे सहमति लगायतको राजनीतिक गोलचक्करमा मधेशको राजनीतिक घुमिरहेको बेला शाह मधेशको भ्रमणमा निस्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    ज्ञानेन्द्र शाहको मधेश भ्रमण हाललाई पाँचदिनका लागि तय भएको छ । ज्ञानेन्द्रको सचिवालय स्रोतका अनुसार उनले फागुन २९ गतेदेखि मधेस भ्रमण थाल्नेछन् । २९ गते जनकपुरमा बास बसेर उनी फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

    त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी उनी झापा जाने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

    यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो । पूर्वराजाका प्रेस संयोजक फणि पाठकले पूर्वराजाको मधेस भ्रमण स्थगित भएको जानकारी गराएका थिए ।

    यो कार्यक्रमअनुसार पनि ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।

    ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ ।

    मधेशमा उनले विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको स्वागतमा सर्लाहीमा स्वागतका लागि विशेष व्यवस्थाको तयारी भइरहेको बताइएको छ । उनको स्वागतमा पूर्वगृह राज्यमन्त्री सोनेलाल यादव लागेका छन् ।

    ज्ञानेन्द्र शाहको स्वागतको तयारीमा लागेका सोनेलालले भने, ‘उहाँको स्वागतको तयारी भइरहेको छ । यहाँ पुजापाठ गर्नुको साथै विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेट्ने कार्यक्रम समेत रहेको छ । त्यसको तयारी तथा प्रचार प्रसार भइरहेको छ ।’

    उनले जनकपुरमा पनि विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुलाई भेट्न आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।

    पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेस अझैपनि राजनीतिको केन्द्रमा रहेको भन्दै यसबारे पूर्वराजा पनि जानकार रहेको धारणा राखे ।

    ‘मधेश अझै राजनीतिक सेन्टर प्वाइन्टमा रहेको छ । सबैको ध्यान मधेशतिर रहेको छ’, उनले भने, ‘संघीयता र गणतन्त्रलाई मधेशले थेगेको कुरा केपी शर्मा अ‍ोली र प्रचण्डले बुझे जस्तै ज्ञानेन्द्रले पनि राम्रोसँग बुझ्नु भएको छ । त्यही भएर उहाँ पटक पटक मधेश गइरहनु हुन्छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसीको मन जित्न मधेसमा सक्रियता बढाएजस्तै ज्ञानेन्द्रले पनि धार्मिक भ्रमणको नाममा सक्रियता बढाउन खोजेको कर्णको विश्लेषण छ ।पूर्वराजाले यसअघि पनि पटक पटक मधेसका विभिन्न जिल्लाको भ्रमण गर्दै आफ्ना समर्थकहरुसँग भेटघाट गर्दै आएका थिए ।

    २०७५ फागुन २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...