News Portal

  • स्थानीय र प्रहरीबीच एकाएक झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, स्थिति तनावग्रस्त

    संचारकेन्द्र संवाददाता
    २१८८ पटक

    काठमाडौँ ।  स्थानीय र प्रहरीबीच झडप हुदा सिमा क्षेत्रमा एक २३ वर्षीय युवकको मृत्यु भएको छ । उक्त झडपमा परी सुरक्षाकर्मीको गोलि लागेर स्थानीय एक तामरको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायलविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको हो ।

    यस्तै झडपमा परेर अन्य ४२ जना घाइते छन् । इजरायलसँग सीमा जोडिएको पूर्वी इजरायल अधिनस्थ प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीको झडपमा परी उनीहरु घाइते भएको रक्षामन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार घाइते हुनेमा अधिकांस महिला तथा बालक र पत्रकारसमेत रहेका छन् । इजरायल-प्यालेष्टाइन क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि प्रदर्शन र झडप हुँदै आएका छन् ।

    यसैबीच बेलायतको लण्डन छाडेकी समिमा बेगमका नवजात शिशुको मृत्यु भएको छ । १९ वर्षीया किशोरी समिमा बेगमले झन्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् । उनका ३ महिने छोरा जेर्राहको मृत्यु भएको सिरियन डेमोक्य्राटिक फोर्सका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    किशोर किशोरीका लागि शिविर सञ्चालन गर्दै आएको समूहले पनि समिमाका छोराको निमोनियाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।बेलायती सरकारका प्रवक्ताले कुनै पनि बच्चाको निधनले आफुलाई दुःखद् तथा गम्भीर रुपले विचलित पार्ने बताएका छन् ।

    समिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।

    उनी बेलायत फर्कन चाहन्छिन् तर बेलायतले उनको नागरिकता खोसेको छ । समिमाका डच श्रीमान यागो रिएडिज्क अहिले जेलमा छन् । उनी पनि आइएसका लडाकु हुन् ।

    यस्तै अर्को समाचार अनुसार  फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल नोर्टे प्रान्तको तटपारी ६ म्याग्निच्यूडको भूकम्प महसुस गरिएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको हो ।

    स्थानीय समय अनुसार शुक्रबार अबेर ११ बजेर ६ मिनेट जाँदा सुरिगाओ डेल नोर्टे प्रान्तको बुर्गोस शहरबाट ४१ किलोमिटर उत्तरपूर्वमा १६ किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको फिलिपिन्सको ज्वालामुख तथा भूकम्प अध्ययन प्रतिष्ठानले जनाएको छ । भूकम्पपछि भएको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन भने संभावित सुनामीको चेतावनी समेत जारी गरिएको छैन

    उता उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् ।

    सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गर्दथ्यो । उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार सार्वजनिक भएको एक हप्ता नबित्दै रकेट प्रक्षेपण गर्न लागेको रिपोर्ट प्रकाशमा आएको हो ।

    विज्ञहरुले भने प्योङयाङ मिसाइल परीक्षण भन्दा पनि स्याटलाइट परीक्षणको तयारीको चरणमा रहेको विश्वास गरेका छन् । गरेका गत वर्ष अमेरिकासंगको वार्ता रोकिए पछि सोहाय केन्द्र निस्कृय बनाउने तयारी रोकिएको थियो । हिजो मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार परीक्षण पूनः गरे त्यसले निराश बनाउने बताएका थिए ।

    २०७५ फागुन २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...