News Portal

  • उडेको केहि मिनटमै फेरी विमान दुर्घटना प्रहरी घट्नास्थलतर्फ जादै

    संचारकेन्द्र संवाददाता
    ५३२६ पटक

    काठमाडौँ ।  मिग—२१ नामक विमान दुर्घटनाग्रस्त भएको छ । उडान भरेको केहि मिनेटमै लगभग १२ किलोमीटर टाढा दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।घट्नास्थलमा तत्काल प्रहरी पठाइसकेको रक्षामन्त्रालयले जनाएको छ ।

    विमान दुर्घटना कसरी र किन भयो भन्नेबारे थप अनुसन्धान भइरहेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।दुर्घटको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।भारतको राजस्थानस्थित विनाकर जिल्लामा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको  हो ।

    शुक्रबार भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानबाट १२ किलोमीटर टाढा शोभासरको ढाणी नजिकै दुर्घटनाग्रस्त भएको हो ।

    विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेको भारतीय सेनाका प्रवक्ता सोंबित घोषले जानकारी दिएका छन् ।घटना स्थलमा प्रहरी पुगिसकेको समेत जनाइएको छ ।

    यसैबीच पाकिस्तानी भूमिमा लडाकु विमान उडाएर पुगेका भारतीय पाइलट अभिनन्दन भारतमा ‘देशको हिरो’ भएका छन्। पाकिस्तानी सेनाले उनलाई भारत फर्काएसँगै उनको ‘बहादुरी’ को चर्चा सर्वव्यापी छ। पाकिस्तानले अभिनन्दनलाई गत शुक्रबार स-सम्मान भारत फर्काएको थियो। अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताएका थिए।

    युद्ध जस्तो अवस्थामा पनि सकुशल फिर्ता भएका अभिनन्दनको सम्मानमा धेरैले उनका मूर्ति, चित्र र आकृतिहरू बनाएका छन्। विज्ञापनहरूमा पनि उनको नाम लिन थालिएको छ। यति मात्र होइन, अब उनी ‘फेसन आइकन’ पनि भएका छन्।  अभिनन्दनको जुँगा अहिले भारतीय पुरूषमाझ ‘ट्रेन्ड’ मा छ। उनको पहिचानसँगै जुँगा पनि यति चर्चित छ, धेरैले उनको जस्तै जुँगा बनाएर सामाजिक सञ्जालमा फोटा हाल्न थालेका छन्।

    अभिनन्दनको जुँगाको स्टाइल ‘ह्यान्डलबार’ भनिएको छ। अलि बेग्लै खाले देखिए पिनि यो शैलीको जुँगा भारतमा नयाँ भने होइन। पुराना फिल्मका खलनायक, सेना तथा प्रहरीहरूले यसकिसिमको जुँगा राखेको पाइन्थ्यो। अहिले भने यो जुँगा अभिनन्दनको प्रतीक बनेको छ। उनका प्रशंसकले यसलाई ‘बहादुरी र देशभक्ति’ को संकेत मानेका छन्।

    अभिनन्दनको जस्तो जुँगा बनाउन चाहने मात्र होइन, बनाइदिन चाहने पनि उत्तिकै रौसिएका छन्। बैंगलरूका एक नाइले सोमबार आफ्नो सेलुनमा आउने ग्राहकसँग पैसा नै लिएनन्। अभिनन्दनको जस्तो स्टाइल बनाउनेलाई उनले सित्तैमा दाह्रीजुँगा र कपाल मिलाइदिए।

    ‘अभिनन्दनले हाम्रो देशका लागि धेरै गर्नुभएको छ। हरेक भारतीय अनुहार उहाँको जस्तै बनाउनुपर्छ भन्ने मलाई लागेको छ,’ सेलुनका मालिक ननेश ठाकुरले भनेका छन्। अभिनन्दनको जस्तो जुँगा बनाउनेमध्ये एक हुन् तेजस चौधरी।

    ‘उहाँले हाम्रो देशका लागि यति धेरै गर्नुभयो। के म उहाँको सम्मान स्वरूप यति पनि गर्न सक्दिनँ त,’ तेजसले भनेका छन्। त्यस्तै अभिनन्दनको जस्तो जुँगा बनाउने एक एम्बुलेन्स चालक नवीन कुमारले भने, ‘अभिनन्दन साँच्चै हिरो हुन्। त्यसैले मैले उनको जस्तो जुँगा बनाएको।’

    अरू धेरै जनाले यस्तो जुँगा बनाउन चाहे पनि छोटो भएकाले नभएको बताएका छन्। जुँगा बनाउन नमिलेकाहरूले अभिनन्दनको सम्मानमै सेनाहरूको जस्तो कपाल काटेका छन्।

    आज भारतका कुनाकुनामा चर्चित अभिनन्दनको सम्मानमा डेरी ब्रान्ड अमुलले उनको जुँगाबारे विशेष भिडियो नै बनाएको छ। अमूलले प्रायः समाजमा चर्चित विषयहरूमा यस्ता खास विज्ञापन बनाउँदै आएको छ।

    उता बेलायतको लन्डनका तीन सार्वजनिक स्थलमा विस्फोटक पदार्थ फेला परेको छ । हिथ्रो विमानस्थल, लन्डन सिटी विमानस्थल र वाटरलू स्टेसनमा विस्फोटक पदार्थ फेला परेको हो । विस्फोटक पदार्थ भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै अनुसन्धान सुरु गरेको छ ।

    प्रहरीले ए–फोर पोस्टल ब्यागभित्र विस्फोटक पदार्थ फेला परेको जनाएको छ । अलग–अलग ठाउँमा फेला परे पनि एउटै किसिमको विस्फोटक पदार्थ भएकाले घटनालाई जोडेर अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । पोस्टल ब्यागमा राखिएको विस्फोटक पदार्थ कसैले खोलेको भए तत्कालै विस्फोट हुने गरी राखिएको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

    तर ब्याक कसैले नखोलेकाले कुनै क्षति भने हुन पाएन । लन्डनका मेयर सादिक खानले चरमपन्थीहरुले आतंक सिर्जना गर्न विस्फोटक पदार्थ राखेको हुनसक्ने भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

    २०७५ फागुन २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...