• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    शान्तिबाटिकामा झडपको अवस्था, नारी दिवश मनाउन आएका महिलामाथि प्रहरी हस्तक्षेप, दर्जनौ गिरफ्तार

    4.2K
    SHARES

    काठमाडौँ । काठमाडौँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको नेपाल कम्युनिष्ट पार्टी निकट महिलाहरुमाथि प्रहरीले दमन गरेको छ । काठमाडौँको शान्तिबाटिकामा आयोजित कार्यकम गर्न भेला भएका महिलाहरुमाथि प्रहरीले धरपकड गर्दै कार्यक्रम बिथोलेको छ ।

    कार्यकम सुरु भए लगत्तै ठुलो संख्यामा आएको प्रहरीले भिडलाई धकेलपकेल गर्दै कार्यक्रममा अबरोध गरेको नेकपाले जनाएको छ । प्रहरीले हस्तक्षेप गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उत्तम, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका नवीन बिष्ट महिला संघकी पुर्णिमा धामीलगायत दर्जनौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

    महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिले शान्त्विाटिकामा आयोजना गरेको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा सहभागी हुन आएका नेता कार्यकर्ताहरुले पुनः बसन्तपुरबाट जुलुस सुरु गरेर शान्तिबाटिका आइरहेका छन् । यद्दपी प्रहरी भने कार्यक्रम हुन नदिने गरी तयारी अबस्थामा बसेको छ ।

    कार्यक्रममासम्बोधन गर्न अतिथिका रुपमा सहभागी हुन आएका पार्टी केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज उत्तमलाई प्रहरीले गिरफ्तार गरेपछि नेकपाका कार्यकर्ताहरु झन् आक्रोशित भएका छन् । शान्तिपुर्णरुपमा भेला भएर सभा समारोह गर्न पाउने कानुनी व्यस्था हुँदाहुँदै पनि प्रहरीले आफूहरुमाथि अघोषित प्रतिबन्ध नै लगाएको आयोजकको आरोप छ।

    नेकपाले एनसेलमाथि कारबाही गरेपछि त्यसयता सरकारले नेकपाका नेता कार्यकर्तामाथि दमन गर्ने, घर-घर पसेर उनीहरुका निवासमा खानतलासी गर्ने र दुख दिने गरिरहेको नेकापाको आरोप छ । यस्तै बिहीबार कपिलवस्तुस्थित विप्लवको गाउँमा सर्च अपरेसन गर्न गएको प्रहरी र स्थानीयवासीबीच झडप नै भएको थियो ।

    प्रहरीले गाउँ पसेर आतंक फैलाएको भन्दै कक्षा ८ सम्म पढ्ने स्थानीय माविका बिद्यार्थी र महिला बालबालिकाले गाउँ पसेर दमन गरिरहेको प्रहरीको प्रतिकार गरेपछि ३ जना प्रहरी घाइते समेत भएका थिए । उक्त गाउँ दिनभर जसो तनाबग्रस्त बनेको थियो ।

    नेकपाका जनबर्गीय मोर्चाहरुलाई समेत कार्यक्रम गर्न प्रतिबन्ध लगाएर सरकारले दमनको नीति लिएको देखिन्छ । यसले देश द्वन्दमा जाने सम्भावना छ । राजनीतिक समस्यालाई राजनीतिक तरिकाले हल नगरेर सरकरले दमनको नीति लिएपछि नेकपा झन् आक्रामक भएर लागेको छ ।

    प्रतिक्रिया