• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रहरीको ब्यापक खोजीकाबीच ललितपुरमा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न

    2.7K
    SHARES

    काठमाडौँ । राजधनी काठमाडौँका साथै देशभर प्रहरीले नेकपाका नेता कार्यकर्तालाई ब्यापक खोजी गरिरहेका बेला यता ललितपुरमा भने अखिल क्रान्तिकारीले सम्मेलन सम्पन्न गरेको छ ।

    प्रहरीको कडा निगरानी हुँदाहुँदै पनि नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले शहरमै सम्मेलन सम्पन्न गरेको हो । बिहिबार सम्पन्न सम्मेलनले पावेलको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रसान्त, सचिवमा सज्जन र कोषाध्यक्षमा पल्लभीलाई चयन गरेको छ ।

    देशभर संगठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको माउ पार्टीसँगै क्रान्तिकारीले पनि आफ्ना तल्लो तहका भेला सम्मेलनहरु गर्दै संगठन सुदृढ गर्ने अभियानमा तिब्रताका साथ लागेको छ । यसै क्रममा ललितपुरमा सम्मेलन सम्पन्न भएको हो ।

    सरकारले देशभर नेकपाका नेता कार्यकर्तामाथि ब्यापक धरपकड गर्दै गइरहेका बेला सुरक्षा चुनौतीकाबीच सम्मेलन सफलतापुर्बक सम्पन्न भएको क्रान्तिकारी ललितपुरले जनाएको छ ।

    यसअघि गत १७ गते सुरक्षा चुनौतीकाबीच क्रान्तिकारी बझाङको सम्मेलन समेत सम्पन्न भएको छ । जिल्लाको जयपृथ्वीनगरपालिकास्थित गोलाईमा शुक्रबार सम्पन्न सम्मेलनले तिलक कुँवरको अध्यक्षतामा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय कमिटी चयन गरेको छ ।

    जसको उपाध्यक्षमा बिनोद थापा, सचिवमा सत्य दुलाल, स-सचिवमा दिनेश खड्का, कोषाध्यक्षमा सोभा भण्डारी रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा प्रशान्त धामी, मुकेश बिस्ट, सुवास बोहोरा, सत्य दुलाल, राजुजंग धामी, दिपक शाही, हिरा जाग्री, मंजु नाथ, प्रिय कुँवर, बिकाश थापा, पुजा पुरी, सन्तोष बानियाँ, बिनिता धामी र निर्मला बिस्ट रहेका छन् ।

    यस्तै क्रान्तिकारी अछाम जिल्लाको सम्मलेन पनि सम्पन्न भएको छ । जनयुद्धका आधार क्षेत्र रामारोशनमा सम्पन्न अछामको १४ औं जिल्ला सम्मेलनले रमेश बिसिको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

    सम्मेलनले उपाध्यक्ष मोहन धामी, उपेन्द्र बिक, सचिव एकिन्द्र नाथ सह–सचिव दिपेन्द्र जैगडी र कोषाध्यक्ष सुरेश रावतलाई निर्वाचित गरेको छ । अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिकले उद्घाटन गरेको सम्मेलनले शैक्षिक क्षेत्रका विकृति विसंगतिविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

    नयाँ कार्यसमितिलाई नेकपा अछामका इन्चार्ज शेरबहादुर बिक, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलगायतका नेताहरुले शुभकामना तथा बधाई दिएका थिए ।

    यसका बिचमा प्रहरीले पनि धरपकड जारी राखेको छ । उता सुर्खेतबाट क्रान्तिकारीका भेरी संयोजक पुष्प न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ ।  क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका न्यौपानेलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको हो ।

    प्रतिक्रिया