News Portal

  • मार्क जुकर्बर्गलाई उछिन्दै यी युवती बनिन विश्वकै कान्छी अर्बपति

    संचारकेन्द्र संवाददाता
    ११८ पटक

    काठमाडौँ । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

    सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर शृङ्गारका सामानको व्यवसायमा संलग्न छिन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्षमात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको बताइएको छ ।

    २१ वर्षको उमेरमै अर्बपतिको सूचीमा सामेल हुँदै उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी छन्। विश्वकै कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

    सोशल मिडियामा पनि काइली उत्तिकै सक्रिय छिन् । यसबाट पनि उनले आफ्नो व्यवसायको प्रचारप्रसार तथा लोकप्रियतामा चाँडो प्रगति हासिल गरेको विश्लेषकहरु बताउँछन् । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्विटर लगायतमा उनका १७५ मिलियन फलोअर छन् ।

    यसैबीच बलिउड अभिनेत्री करीना कपूरले पति सैफकी पूर्वपत्नी अमृता सिंहसँग कहिल्यै भेट नभएको खुलासा गरेकी छिन् । उनले करण जौहरको शो ‘कफि विथ करण’ मा सैफसँग बिहे गरेपछि अमृतासँग फेरि भेट नभएको खुलासा गरेकी हुन् ।

    उनले फिल्म ‘कभी खुशी कभी गम’मा अमृतासँग भेट भएको बताएकी छिन् । करीनाले त्यस समयमा अमृताले सारासँग भेट गराएको समेत उल्लेख गरेकी छिन् । उनले अमृतालाई इज्जत र सम्मान गर्ने पनि बताइन् ।

    उनले भनिन्, ‘सारा मेरो फ्यान थिइन् । यसकारण अमृता र मेरो भेट भएको थियो । मेरो पतिका दुई बच्चाको स्याहार अमृताले गरेकी हुन् । यसको सम्पूर्ण श्रेय अमृतालाई जान्छ ।’

    उनले अमृता र सैफका दुई सन्तान आफ्नै भएको बताइन् । उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा रहँदा सैफले मलाई प्रपोज गर्दै मलाई भनेका थिए, मेरो दुई सन्तान छन् जो मेरो जीवनको हिस्सा हुन् ।’

    करीना करण जौहरको शो ‘कपि विथ करण’ मा प्रियंका चोपडासँग उपस्थित भएकी थिइन् । शोमा दुवैले आफ्ना व्यक्तिगत जीवनका बारेमा थुप्रै कुराहरु खोलेका थिए ।

    उता तेलेगु अभिनेता अल्लु अर्जुनले सोमबार आफ्नो नयाँ सिनेमाको घोषणा गरेका छन्। शीर्षक नराखिएको सो सिनेमालाई अल्लु अर्जुनलाई विशेष चर्चा दिलाएको ‘आर्या’ सिनेमाका निर्देशक सुकुमारले निर्देशन गर्नछन्।

    यी दुईको यो तेश्रो सहकार्य हो। अल्लुले उनीसँग ‘आर्या’ र ‘आर्या २’मा एकसाथ काम गरेका थिए। सिनेमाको सुटिङ् यसै वर्षको मध्यबाट सुरू हुनेछ। यस सिनेमा अघि अल्लु त्रिविक्रमको निर्देशन रहने सिनेमा पूरा गर्नेछन्।

    यस सिनेमाका लागि अल्लु अघि पहिलो रोजाइमा महेश बाबु थिए। उनीहरूबिच सिनेमालाई लिएर मतभिन्नता भएपछि महेश बाबुले सिनेमाबाट हात झिकेका हुन्।

    महेशले ट्विट गर्दै आफू सिनेमाबाट अलग भएको घोषणा गरेका हुन्। उनले अलग भएको घोषणासँगै सिनेमाका लागि सुकुमारलाई सिनेमा सफलताको शुभ-कामना पनि दिएका छन्। सिनेमाको बावकी कास्ट र क्रुको बारेमा भने केहि सार्वजनिक गरिएको छ।

     

    २०७५ फागुन २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...