News Portal

  • जुकरबर्गको कीर्तिमान तोड्दै केली बनिन् कान्छी अर्बपति

    संचारकेन्द्र संवाददाता
    ४३ पटक

    काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गको कीर्तिमान भंग गर्दै २१ वर्षकी केली जेनर फोब्र्स म्यागाजिनको सबैभन्दा कान्छी अर्बपछि बनेकी छन् ।

    फोर्ब्सले उनको कस्मेटिक व्यवसायको मूल्य करिब ९०० मिलियन अमेरिकी डलर अनुमान गरेको छ, यसको सम्पूर्ण स्वामित्व केलीकै नाममा रहेको छ । फेसबुकका जुकरबर्ग कान्छा अर्बपतिको कीर्तिमान बनाउँदा २३ वर्षका थिए । केलीको परिवार सबै धनी र चर्चित छन् । उनकी आमा क्रिस जेनरले उनको व्यापार वृद्धिमा सहयोग गरेकी छन् ।

    यस्तै यता विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा थिए ।

    फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।

    चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।चैधरी चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।

    चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।

    उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।

    २०७५ फागुन २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...