• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विप्लवलाई प्रचण्डले दिए यस्तो धम्की, हतियारबारे गरे गम्भीर खुलासा

    8.9K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वार्तामा नआए बल प्रयोग गर्ने धम्की दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो यस्ताे धम्की दिएका हुन् ।

    प्रचण्डले बार्ता शब्दको प्रयोग नगरे पनि विप्लव राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने धम्की दिएका हुन् । ओली सरकारबिरुद्ध समानान्तर सत्ता चलाईरहेको नेकपासँग प्रचण्ड बिराटनगर पुगेर खनिए । पछिल्लोसमय नेकपाले चलाएका गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी गरे ।

    प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको तर्क गरे । उनले भने, -‘अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’

    सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभएसरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’

    हतियार चोरी भएको खुलासा

    तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको पनि खुलासा गरेका छन् । केहीदिन अघि धरानमा नेपाली सेनाबाट लुटिएको हतियार नेकपाको कार्यकर्ताबाट बरामद भएको  थियो ।

    यसबारे सोधिएको प्रश्नमा उनले क्यान्टनमेन्टमा राखिएको हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको पनि बताए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको भन्दै प्रचण्डले भने, ‘अब त्यो (लडाकू शिविर) भन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’

    नेकपाबाट हतियार बरामद हुनु समान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए । अर्को प्रसंगमा प्रचण्डले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।

    उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।

    ‘वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुुन्छ’, उनले भने, ‘विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।’ उनले दुुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे ।

    त्यस्तै सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो । उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । ‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन’, उनले भने ।

    प्रतिक्रिया