News Portal

  • मल्लकालीन शैलीमै सुरु भयो रानीपोखरीको पुनर्निर्माण

    संचारकेन्द्र संवाददाता
    ३७ पटक

    काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए । उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास समेत व्यक्त गरे ।

    रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन् । समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने बताए ।

    काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए । पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा‍.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

    रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ ।

    मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत त्यहाँ रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

    रानीपोखरीको इतिहास

    वास्तवमा आजभन्दा ३ सय ४९ वर्षअघि रानीपोखरीको प्रतिष्ठा नेपाल सम्वत् ७९० अर्थात् विक्रम सम्वत् १७२५ आश्विन मासे शुक्लपक्ष सोमबारका दिन हुँदा तत्कालीन राजा प्रताप मल्लले यस पोखरीमा काठमाडौंको मात्रै पानी हाल्न लगाएका थिएनन् । नेपाल देश र यसको सीमाभन्दा बाहिरका पचासौं तीर्थस्थलहरुबाट पवित्र जल बोकाएर ल्याएर संकल्प सहित भर्न लगाएका थिए । यसर्थ रानीपोखरीमा वर्तमान नेपालको पूरै भूभाग र छिमेकी देशको पवित्र तीर्थस्थलको समेत आस्था जोडिएको छ भन्न सकिन्छ ।

    इतिहासकारहरुले अत्यन्तै ‘प्रतापी’ भन्ने गरेका प्रताप मल्लले आफ्ना ‘महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्री जयचक्रवर्तेन्द्र मल्ल देव’ का नाममा बनाउन लगाएको पोखरीमा भारतीय भूमिमा रहेको वाराणसीस्थित गंगा नदीको जलदेखि भक्तपुरको सिपाडोलकोसम्मको जल भरेका थिए । सौभाग्यवश नै भन्नु पर्दछ, यसको प्रमाणका रुपमा रहेको प्रताप मल्लको ‘तीर्थजात्रा’ नामको ऐतिहासिक थ्यासफू अहिले भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा सुरक्षित छ ।

    प्रताप मल्ल दूरदर्शी थिए कि तानाशाह ? यसको जवाफ रानीपोखरी र त्यहाँ भरिएको पानीले दिनेछ, जो हाल काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरको कार्यकालसम्म आइपुग्दा सुकेर क्रिकेट मैदान जस्तो देखिन थालेको छ । अब प्रश्न उठ्ने निश्चित छ, विद्या सुन्दर दूरदर्शी छन् कि तानाशाह नै बन्न खोज्दैछन् ?

    सम्पदा संरक्षणको काममा चुस्तताका लागि सर्र्वत्र भक्तपुरका मेयर सुनिल प्रजापतीको प्रशंसा भैरहेका बेला काठमाडौंका मेयर शाक्यको सर्वत्र आलोचना भैरहेको छ । किनभने शाक्य रानीपोखरी पुनर्निर्माणका नाममा नयाँ नै व्यापारिक थलो बनाउँदैछन् भन्ने तर्क प्रवल छ । व्यापार गर्न वा पैसा कमाउन रानीपोखरीलाई काठमाडौं मल जस्तै बनाउन जरुरी छैन, भक्तपुरले जस्तै सम्पदा संरक्षण गरे पनि डलर भित्रिन सक्छ भन्ने हेक्का विद्या सुन्दरमा रहेको देखिएन ।

    रानीपोखरीको पुनर्निर्माणका सन्दर्भमा चर्चामा आएका सम्पदाविद, वास्तुकारका साथै स्थानीय सरोकारवालाहरुको अभिमत हेर्दा बुझिन्छ कि उनीहरुको चासो सिमेन्टेड वाल र पानीमा बढी देखिन्छ । ३ सय ४९ वर्षसम्म पानी रहेको रानीपोखरी वरिपरी अहिले कंक्रिट वाल बनाउन थालेपछि त्यसको प्राकृतिक सौन्दर्य फेरि नफर्किने चिन्ता व्याप्त छ, जो स्वाभाविकै हो ।

    ऐतिहासिक राजा प्रताप मल्लले रानीपोखरी बनाएर सञ्चालनमा ल्याउँदा त्यसको पवित्रता र महत्व बढाउन देश देशान्तर किन धाउनु परेको थियो ? काठमाडौंमा पानीको अभाव थियो र त्यतिबेला कि उनले बनारसदेखि पानी झिकाउनु पर्‍यो ? यसको जवाफ स्वयम् प्रताप मल्लको थ्यासफूले दिइरहेको छ ।

    रानीपोखरीको सम्बन्ध यदि पानी संस्कृतिसित हो भने त्यो मात्रै काठमाडौंको सम्पदा रहने छैन । जसको निर्माणमा वाराणसीको गंगाजलदेखि श्रीवैद्यनाथको गंगाजलसम्म समाहित थियो । र, त्यसका निर्माताको आशय र चाहना पनि त्यही थियो भन्ने बुझ्न विद्यासुन्दर र उनका सल्लाहकारहरुले थ्यासफू ‘तीर्थजात्रा’ पढ्न सकिन्छ ।

    थ्यासफूमा उल्लेख छ– १० हजार ६ सय ४१ कु अर्थात् ठूलो भाँडोमा बोकेर ल्याइएको भारी बागमतीको पानी रानीपोखरीमा हालिएको थियो । यसैगरी शंखमूलको जल, श्रीपनतीर्थको संगमको जल, श्रीगण्डकीको जल, श्रीकौशिकीको जल, श्रीसुन्दरी नदीको जल पनि बहाएर हालिएको थियो ।

    २०७५ फागुन २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...