• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    चिकित्सकहरुले पोष्टमार्टममा यस्तो खुलासा गरेपछि श्रद्धाञ्जली सभा स्थगित

    38.4K
    SHARES

    काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

    बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

    तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिने ४/५ घन्टा लाग्छ ।

    श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्ने तयारी थियो भने  आम सर्वसाधारणको भिड टुँडिखेलमा बढेको थियो।

    ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार  थिए।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले  बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यस्तो कुरा व्यक्त गरेका हुन् ।प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले देखेको “समृद्ध नेपाल, सुखी नेपाली’’को सपना साकार पार्ने एक सारथीका रूपमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहान डाँडाँमा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो ।

    यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु । सरकार साथमा छ– हामी सबै साथ–साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।’

    यस्तै  हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव ‘एन्टिमोर्टम’ गरिने भएको छ। त्यसपछि मात्र परिवारलाई हस्तान्तरण गरिनेछ।

    ‘एन्टिमोर्टम’ भनेको शवको हुलियाअनुसार टुक्रा मिलाएर सग्लो शव बनाउने प्रक्रिया हो। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डिर्पाटमेन्ट प्रमुख हरिहर वस्तीसहित १७ जना भन्दा बढी चिकित्सक मृतकका आफन्तसँग उनीहरुको हुलियाका विषयमा जानकारी लिएका छन्।

    फरेन्सिक विभागका चिकित्सकहरुले मृतकका शरीरका सबै अंगका बिषयमा परिवार सदस्यसँग जानकारी लिएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले फरेन्सिक विभागमा मृतकको हुलिया प्रष्ट बताउन सक्ने परिवार सदस्यले जानकारी गराएको नेपालखबरलाई बताए। केही शव चिन्न गाह्रो हुने क्षतविक्षत अवस्थामा छन्। ‘एन्टिमोर्टम’ डाटाअनुसार शव पहिचानका लागि दाँतकाे बनावट र औंलाको छाप समेत प्रमाणिकरण गरेर हेरिँदैछ।

    पाेष्टमार्टमसम्बन्धी कार्यमा तीनवटा छुट्टाछुट्टै चिकित्सक टोली परिचालन भएका छन्। चिकित्सकहरूका अनुसार एउटा शवले यो प्रक्रिया पूरा गर्न ४५ देखि डेढ घण्टासम्म लाग्नेछ।
    बुधबार फुङलिङ नगरपालिका– १० सिमखोलास्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो।

    ताप्लेजुङ प्रहरीका डिएसपी सञ्जय सिंह थापा सहितको टोलीले दुर्घटनास्थलबाट सातै जनाको शवका अंगहरु उद्दार गरेको थियो। उद्दार गरिएका शब बिहीबार मध्यान्ह सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो।

    दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो।तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा भिरमा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो। हेलिकोप्टर जलेर नष्ट भएको छ।

    भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका थिए अधिकारी । तर, रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।

    कास्कीका रविन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रविन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । ०५५ सालमा बिहे भएपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भइन् ।

    अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफील उनी अहिले रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिरहेकी छन् ।

    विद्याले राजनीतिक करिअर अगाडि बढाउन चाहेको भए उनी यतिबेलासम्म सांसद र पार्टी केन्द्रीय सदस्य बनिसक्ने थिइन् ।

    शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । भलै, त्यसबेला त्यो क्याम्पसमा नेविसंघको पकड रह्यो ।

    समकालीन भए पनि विद्यार्थी राजनीतिमा विद्या भट्टराई आफूहरुभन्दा एक कार्यकाल अघि नै केन्द्रीय कमिटीमा पुगेको ममता बताउँछिन् । दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट सभासद र पार्टी केन्द्रीय सदस्य रहेकी ममता अहिले नेकपा केन्द्रीय सदस्य छिन् ।

    दुई छोरा जन्मिएको अवधिमा रविन्द्र अधिकारी धमाधम पार्टी राजनीतिको खुटकिला चढिरहेका थिए । अनेरास्ववियुको नेतृत्वबाट पार्टी राजनीतिमा आएसँगै उनले कास्कीको कमाण्ड सम्हाल्न पाएका थिए । त्यो अवस्थामा विद्याले घरपरिवार सम्हालेर उनलाई पूरा समय राजनीतिमा सक्रिय हुन सघाइन् ।

    रविन्द्रले पनि पत्नीलाई अध्ययन र प्राध्यापनमा प्रेरित गरेको रविन्द्र अखिलका अध्यक्ष हुँदाका उपाध्यक्ष शिव गुरुङ बताउँछन् ।

    अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्, विद्या भट्टराई । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम विवाह भयो ।

    विद्या भट्टराई तत्कालीन एमालेका सबै नेता-कार्यकर्तामाझ परिचित छिन् । उनलाई पतिवियोगको कठिन क्षणमा सम्हालिन सबैले ढाडस दिइरहेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझै मन्त्री निवास पुल्चोक पुगेर विद्याको पछाडि आफू र सिंगो पार्टी रहेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले रविन्द्रका मातापितालाई पनि भेटेर सान्त्वना दिए । ओलीसँगै गएका उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेलले विद्यालाई ढाडस दिँदै पार्टीले अभिभावकत्व लिने बताएका थिए ।विहीबार विहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि विद्यालाई भेटेर शान्त्वना दिएका छन् ।संसदमा लगातार तेश्रो पटक निर्वाचित अधिकारी पछिल्लो समय पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका थिए ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ